२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

स्पेनिस ला लिगाः रियल र एटलेटिकोको बराबरी, बार्सिलोनाले घटायो अंक दुरी


सञ्चार डबली
  • सोमबार, माघ २८ २०८१
  • 7.3K
    SHARES

  • images
    स्पेनिस ला लिगाः रियल र एटलेटिकोको बराबरी, बार्सिलोनाले घटायो अंक दुरी


    काठमाडौं ।  जारी सिजनको स्पेनिस ला लिगामा आइतबार राति रियल म्याड्रिड र एटलेटिको म्याड्रिडले बराबरी खेलेका छन्। साविक विजेता रियल र एटलेटिकोले १–१ गोलको बराबरी खेल्दा बार्सिलोनाले भने फराकिलो जित हासिल गरेको छ। बार्सिलोनाले जित हासिल गर्दा रियल र एटलेटिकोसँगको अंक तालिकाको दुरी घटाएको छ।

    रियलका किलियन एम्बाप्पे र एटलेटिकोका जुलियन अल्भारेजले गोल गरेका थिए। एटलेटिकोले पेनाल्टीमार्फत् अग्रता लिएको थियो। तर, खेलको ५० मिनेटमा रियलका एम्बाप्पेले गोल फर्काएका थिए। त्यसपछिको समयमा दुबै टोलीले गोल गर्ने प्रयास गरे पनि खेल बराबरीमा टुंगियो।

    बार्सिलोनाले सेभिल्लालाई ४–१ गोलले पराजित गरेका थियो। बार्सिलोनाका लेवान्डोस्की, लोपेज, राफिन्हा र गार्सियाले गोल गरेका थिए। सेभिल्लाका भर्गासले एक गोल गरेका थिए।  जितसँग बार्सिलोनाले २३ खेलमा ४८ अंकसहित लिगाको तेस्रो स्थानमा छ। समान खेलमा ५० अंकसहित रियल पहिलो र ४९ अंकसाथ एटलेटिको दोस्रो स्थानमा छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend