२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित


सञ्चार डबली
  • शनिबार, माघ २६ २०८१
  • 6.4K
    SHARES

  • images
    सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

    सन नेपाल लाइफ इन्स्योरेन्सले  बैंककमा  आयोजना भएको ICC २०२४ एशिया इन्स्योरेन्स कार्यक्रममा संलग्न भएका बीमा कम्पनीहरू मध्येबाट उत्कृष्टताको आधारमा तीन प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ। कम्पनीले "उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति," "बीमा क्षेत्रमा महिला नेतृत्व तथा, "उत्कृष्ट ग्राहकमैत्री जीवन बीमा सेवा" विधामा उच्च सम्मान प्राप्त गर्दै आफ्नो व्यवसायिक उत्कृष्टता प्रमाणित गरेको छ। बैंककमा आयोजित विशेष कार्यक्रममा उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राज कुमार अर्यालले ग्रहण गर्नु भएको थियो।

    यस प्रतिष्ठित उपलब्धिले कम्पनीको नवीन रणनीति, समावेशी नेतृत्व, र ग्राहक केन्द्रित सेवामा उच्चतम मानक स्थापित गरेको पुष्टि गर्दछ। यसले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउने प्रेरणा प्रदान गर्नेछ ।  साथै, सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखा कार्यालयहरू मार्फत देशभर जीवन बीमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षामा निरन्तर समर्पित छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend