२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

जर्मनीले तेस्रो खेलमा पनि निकाल्न सकेन जीत, पोल्याण्डसँग पनि पराजित


सञ्चार डबली
  • शनिबार, असार २ २०८०
  • 7.5K
    SHARES

  • images
    जर्मनीले तेस्रो खेलमा पनि निकाल्न सकेन जीत, पोल्याण्डसँग पनि पराजित


    काठमाडौं , २ असार । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी पोल्यान्डसँग पराजित भएको छ । घरेलु टोली पोल्यान्डसँग प्रतिस्पर्धामा उत्रिएको फिफा विश्वकप विजेता जर्मनी १–० ले पराजित भएको हो । जर्मनीको पराजयका लागि पोल्यान्ड ज्याकव किविओरले पहिलो हाफको ३१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुगेको थियो ।

    पोल्यान्डमा शुक्रबार राति भएको खेलमा ७६ प्रतिशत बल पोसेसन राखेपनि जर्मनली घरेलु टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन परेको अन्तराष्ट्रिय खेल सञ्चारमाध्यमले जनाएका थिए । त्यसमाथी, दोस्रो हाफको ५८औं मिनेटमा जर्मनीले पेनाल्टी पाएपनि भिएआरले उक्त पेनाल्टीलाई खारेज गरिदिदा उसको लागि आएको मौकासमेत गुमाउनु पर्ने अवस्था आयो ।

    यस बराबरीसँगै जर्मनी पछिल्लो तीन खेलमा जितविहीन बन्न पुगेको छ । जसअनुसार बेल्जियमसँग ३–२ ले पराजित भएको जर्मनीले गत साता युक्रेनसँग भने ३–३ गोलको बराबरी खेलेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend