२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

वर्षाले नेपाल र हङकङबीचको खेल रद्ध, अंक बाँड्दै खेलबाटै बाहिरियो नेपाल


सञ्चार डबली
  • शनिबार, असार २ २०८०
  • 10.9K
    SHARES

  • images
    वर्षाले नेपाल र हङकङबीचको खेल रद्ध, अंक बाँड्दै खेलबाटै बाहिरियो नेपाल


    काठमाडौं, २ असार । अन्तिम समयमा आएर नेपाल र हङकङबीच हुँने भनिएको खेल रद्ध हुन पुगेको छ । एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा मैदानमा जान लागेकै बेला सुरु भएको वर्षाको कारण हङकङ र नेपालबीचको खेल रद्द भएको हो ।

    जसकाकारणा आज पनि वर्षाको कारण खेल हुन नसकेपछि दुवै टोलीले १–१ अंक बाँडन बिवश भएका थिए । साथै, समान अंक बाँडेका दुबै टोली एकैपटक प्रतियोगिताबाट बाहिरिएका छन् ।

    आज खेल रद्ध भएसँगै सो समुहवाट तेस्रो स्थानमा रहँदै नेपाल बाहिरिएको हो भने नेपालसँग खेल रद्ध भए पछि हङकङ भने ३ खेलमा २ अंकका साथ पुछारमा रहेर बाहिरिएको हो ।

    नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो भने बर्षाको कारण खेल रद्ध भए पछि भारतसँग अंक बाँड्नु परेको थियो । नेपाल ३ खेलमा १ मा हार र दुई खेलमा अंक बाँड्दै २ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको नेपाल क्रिकेट संघले जानकारी दिएको छ । सो समुहका भारत र पाकिस्तान भने समान दुई खेलमा एकमा जित र एक खेलमा अंक बाँड्दै ३–३ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend