२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

 एचपिभी खोप अभियान संचालन हुँदै, १७ लाख किशोरीलाई खोप लगाइने


सञ्चार डबली
  • मंगलबार, माघ २२ २०८१
  • 5.4K
    SHARES

  •  एचपिभी खोप अभियान संचालन हुँदै, १७ लाख किशोरीलाई खोप लगाइने


    काठमाडौं । देशभरि पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)खोप अभियानको संचालन हुँदैछ ।  यही माघ २२ देखि फाल्गुन ६ गतेसम्म देशैभरि संचालन हुने अभियानको शुभारम्भ आज शिवपुरी उच्च माध्यामिक विद्यालय,महाराजगंज,काठमाडौंबाट हुने भएको हो ।  

    प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अभिभावकत्व तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सभापतित्वमा उक्तm खोप अभियानको शुभारम्भ कार्यक्रम हुन लागेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको हो । अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ ।

    विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो । उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)खोप दिन लागिएकाले अभियानमा सहभागि हुन मन्त्रालयले आग्रह गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend