२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज वार्ता हुँदै


सञ्चार डबली
  • आइतबार, साउन १० २०८३
  • 1.8K
    SHARES

  • images
    अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज वार्ता हुँदै

    धनगढीमा अनशनरत प्रा.डा. गोविन्द केसीसँग सरकारका प्रतिनिधिले आज आइतबार औपचारिक संवाद गर्ने भएका छन्।शनिबार शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले डा. केसीसँग सहमतिका लागि अनौपचारिक संवाद भएको बताए। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवादमार्फत समाधान खोज्ने उद्देश्यले पौडेल शनिबार दिउँसो धनगढी पुगेका थिए।

    सचिव पौडेलले शनिबार साँझ डा. केसीसँग भेटवाट गरेका छन्। डा. केसी उपचाररत सेती प्रादेशिक अस्पताल पुगेर कुराकानी गरेका हुन्। त्यस क्रममा डा. केसी र त्यसपछि उनका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको पौडेलले बताए। आइतबार केसीले उठाएका मागबारे औपचारिक संवाद हुने सचिव पौडेलले जानकारी दिए।

    ‘आज डा. केसी र उहाँका सहयोगीसँग संवाद भएको छ। उहाँको धारणा र स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छौँ,’ पौडेलले भने, ‘आइतबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव यहाँ आएपछि औपचारिक संवाद गरी सहमतिको प्रयास हुनेछ।’ सरकारले संवाद र सहमतिका माध्यमबाट डा. केसीले उठाएका विषयको यथाशीघ्र सम्मानजनक तथा सहमतिपूर्ण समाधान खोज्ने उनको भनाइ छ।

    डा. केसी विभिन्न पाँच बुँदे माग राखी तीन दिनदेखि सत्याग्रहमा छन्। उनको स्वास्थ्यमा समस्या आएपछि धनगढीको कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पतालको आईसीयूमा सारिएको छ।

    कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले डा। केसीसँग आज सचिव पौडेलसहित सामान्य संवाद तथा स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको बताए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend