२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

महिला लिगको उपाधि एपीएफ क्लबले जित्यो


सञ्चार डबली
  • बुधबार, माघ १६ २०८१
  • 5.9K
    SHARES

  • images
    महिला लिगको उपाधि एपीएफ क्लबले जित्यो

    काठमाडौं, माघ १६ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ।

    त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज सम्पन्न फाइनलमा एपीएफको टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै पुलिसलाई हरायो। एपीएफका लागि सबिता राना मगरले २ गोल, सरु लिम्बु र अनु लामाले १-१ गोल गरेका थिए।

    उपाधि जितेर एपीएफले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने, उपविजेता बनेको नेपाल पुलिस क्लबले ५ लाख रुपैयाँ प्राप्त गरेको छ।

    एपीएफले यस प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको हो। महिला लिगमा शुरुमा १० वटा टोलीले प्रतिस्पर्धा गरेका थिए। सिङ्गल राउन्डको आधारमा शीर्ष ५ टोली सुपर लिगमा प्रवेश गरेका थिए, र एपीएफ शीर्ष स्थानमा रहँदै सुपर लिगको विजेता बनेको हो। आर्मी दोस्रो स्थानमा रह्यो, पुलिस तेस्रो र बाग्मती युथ क्लब चौथो स्थानमा रह्यो।को

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend