२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

 पशुजन्य उद्योगहरुमा देखिएका समस्याहरु समाधान गर्न सरकार तयार छ : मन्त्री अधिकारी


सञ्चार डबली
  • शनिबार, माघ १२ २०८१
  • 5.3K
    SHARES

  • images
     पशुजन्य उद्योगहरुमा देखिएका समस्याहरु समाधान गर्न सरकार तयार छ : मन्त्री अधिकारी

    काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासमार्फत समृद्ध राष्ट्र निर्माण गर्न सरकार र मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् ।  शनिबार काठमाडौंमा नेपाल भेटेरिनरी एसोसिएसनले आयोजना गरेको ‘राइट टु प्रोटिन रन’ मा उनले पशुजन्य उद्योगहरुमा देखिएका हरेक समस्याहरुको समाधान गर्दै कृषि क्षेत्रको विकास मार्फत समृद्ध राष्ट्र निर्माण गर्न प्रतिबद्ध रहेको जानकारी गराएका हुन् ।  

    उनले भने, ‘पशुजन्य उद्योगहरुले देशको अर्थतन्त्रमा पु¥याएको योगदानको कदर गर्दै यस क्षेत्रमा देखिएका हरेक समस्याहरुको समाधान गरि कृषि क्षेत्रको विकास मार्फत समृद्ध राष्ट्र निर्माण गर्न नेपाल सरकार र मन्त्रालय प्रतिबद्ध रहेको जानकारी गराउन चहान्छु ।’ 

    यसको साथै, उनले स्वस्थ, अनुशासित तथा सक्षम नागरिक राज्यका धरोहर र राज्य निर्माणका प्रमुख आधार रहेको भन्दै यस कार्यक्रमले प्रोटिनको उत्पादन र उपभोग गर्नको जनतामा सचेतना अभिवृद्धि गर्ने विश्वास लिएको बताए ।  

    उनले भने, ‘स्वस्थ, अनुशासित तथा सक्षम नागरिक राज्यका धरोहर र राज्य निर्माणका प्रमुख आधार हुन् । नागरिकलाई शारिरिक र मानसिक रुपमा स्वस्थ राखी राष्ट्रिय एकता कायम गरि विकासको अभियानमा अभिप्रेरित गर्दै एकजुट बनाउन खेलकुदको महत्वपूर्ण योगदान रहेको छ । आजको कार्यक्रमले प्रोटिनको उत्पादन र उपभोग गर्नको लागि जनतामा सचेतना अभिवृद्धि गर्छ भन्ने विश्वास लिएको छु ।’

    उनले सहभागिता र पुरस्कार राशिका आधारमा नेपालकै सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गरेकोमा आयोजकहरुलाई धन्यवाद दिदैँ आगामी संस्करणको लागि समेत नेपाल सरकारको तर्फबाट शुभकामना व्यक्त गरेका छन् । 

    उनले भने, ‘अमूल्य सम्पत्तीका रुपमा रहेका नागरिकहरुलाई स्वस्थ राखी राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि एंव राष्ट्रिय एकता कायम, खाद्य सुरक्षाको हक सुनिश्चित र दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न प्रोटिनजन्य पदार्थमा पहुँच बढाउनका लागि जनचेतना फैलाउने उद्देश्यले करिब ७ हजारदेखि १० हजार जना सहभागी रहेको र सहभागिता र पुरस्कार राशिका आधारमा नेपालकै सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गरेको धन्यवाद दिन चाहान्छु र आगामी संस्करणको लागि समेत नेपाल सरकारको तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु ।’

    सामाजिक उत्तरदायित्वको रकम खेलकुद खर्च गर्न सुझाव
    यस्तै, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंगलाल घिसिङ्ले व्यवसायिक क्षेत्रमा क्रियाशील रहेका व्यक्तिहरुलाई खेलकुदसँग जोड्नको कर्पोरेट सोसल रिस्पोन्सिबिलिटि बापतको पैसालाई खेलकुद प्रतियोगिताहरुमा लगानी गर्नको लागि प्रस्ताव अगाडि बढाएको बताए । 

    उनले भने, ‘पछिल्लो समय व्यवसायिक क्षेत्रमा क्रियाशील रहनुभएका साथीहरुलाई खेलकुदसँग जोड्नका लागि सजिलो होस भन्ने हिसाबले खेलकुद परिषद्को भर्खरै बसेको बैठकले कर्पोरेट सोसल रिस्पोन्सिबिलिटी बापतको पैसालाई यस्ता खेलकुद प्रतियोगिताहरुमा लगानी गर्नका लागि बाटो खोल्नका लागि प्रस्ताव अगाडि बढाएका छौं । त्यो प्रस्ताव मन्त्रालयमा पुगिसकेको छ । मलाई विश्वास छ योसँगै नेपाली नीजि क्षेत्र विभिन्न खेलकुद प्रतियोगिताहरुमा प्रत्यक्ष रुपमा जोड्नका लागि ठूलो बाटो खुल्ला हुनेछ ।’ 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend