काठमाडौं, वैशाख २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको हो।
वैशाख १० गते हुने उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । उपनिर्वाचन चितवन २, तनहुँ १ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुँदैछ। चितवन– २ मा यसअघिका प्रतिनिधिसभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भइ पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

