२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

केई एक्स थ्री प्रो इभी किन्ने ग्राहकलाई ढुक्क, ५ बर्षसम्म ब्याजको बोझ बोक्नै नपर्ने


सञ्चार डबली
  • शनिबार, माघ ५ २०८१
  • 6.4K
    SHARES

  • images
    केई एक्स थ्री प्रो इभी किन्ने ग्राहकलाई ढुक्क, ५ बर्षसम्म ब्याजको बोझ बोक्नै नपर्ने

    काठमाडौँ । केईले विद्युतीय गाडी (इभी) गाडि प्रेमीहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । केईको आधिकारीक बिक्रेता जीओ अटोमोवाइलले  शून्य प्रतिशत ब्याजदरको किस्ता सुविधामा इभी किन्न सकिने अफर ल्याएको हो। 

    कम्पनीले ल्याएको सो योजनाअन्तर्गत केई एक्स थ्री प्रो इभी शून्य प्रतिशत ब्याजदरमा पाँच वर्षका किस्ता सुविधामा किन्न सकिनेछ । 

    यो स्मार्ट, दिगो र शक्तिशाली ड्राइभिङ चाहनेका लागि विशेष अवसर भएको कम्पनीले जनाएको छ । यस योजनाअनुसार केई एक्स–थ्री प्रो मोडल किन्ने ग्राहकले ब्याजको भार बोक्नु पर्दैन । 

    कम्पनीले यसको मूल्य ५२ लाख ९६ हजार रुपैयाँ तोकेको छ । केई एक्स-थ्री प्रो मोडल किन्ने ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट बुझाए पुग्छ । बाँकी रकम बिना ब्याजमा ५ वर्षे कर्जा सुविधा पाउने छन् ।

    जीओ अटोमोवाइल्सका अनुसार यो स्कीममा गाडी किन्ने ग्राहकले १० लाख ५९ हजार रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्छ । बाँकी ४२ लाख ३६ हजार ८०० रुपैयाँ कर्जा सुविधा पाउने छन् । 

    ग्राहकले यसको कर्जा मासिक ७० हजार ६१५ रुपैयाँको दरले बुझाउनु पर्ने हुन्छ । सो रकम बुझाउँदा ग्राहकले ब्याजको झन्झट बेहोर्नु नपर्ने भएको हो । 

    केई एक्स थ्री प्रो मा १२० किलोवाटको मोटर छ । ५३.६ किलोवाटआवरको ब्याट्री रहेको गाडीले ३७० किलोमिटर रेन्ज दिन्छ । यसको टर्क २६० एनएम छ ।

    सिंगल चार्ज ब्याट्रीमा ३७० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend