२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सीजी मोटर्सद्वारा बिर्तामोडमा हिरो एक्स्ट्रिम सिरिज सार्वजनिक, सीजी इन्डस्ट्रियल प्लान्टमा एसेम्बलिङ


सञ्चार डबली
  • शनिबार, माघ ५ २०८१
  • 7.5K
    SHARES

  • images
    सीजी मोटर्सद्वारा बिर्तामोडमा हिरो एक्स्ट्रिम सिरिज सार्वजनिक, सीजी इन्डस्ट्रियल प्लान्टमा एसेम्बलिङ

    काठमाडौं, माघ ५ । सीजी मोटर्सले झापाको बिर्तामोडमा एक्स्ट्रिम सिरिजअन्तर्गत दुई नयाँ मोटरसाइकल एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आरको क्षेत्रीय ग्रान्ड लञ्चिङ गरेको छ। सीजी मोटर्सको बिर्तामोडस्थित आधिकारिक बिक्रेता पीटूआर अटो जोनमा नयाँ मोटरसाइकल रिजनल लञ्च गरिएको हो।

    नयाँ मोटरसाइकल सार्वजनिक गर्न आयोजित कार्यक्रममा गायक निशान भट्टराईलगायत अन्य कलाकारले संगीत पस्किएका थिए। हीरो मोटोकर्पले एक्स्ट्रिम रेन्जमार्फत नेपालका आधुनिक राइडरको परिस्कृत माग तथा आवश्यकता पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन–आधारित मोटरसाइकलको चाहना पूरा गर्ने उद्देश्य लिएकोे छ। 

    एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हीरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त छ। एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य. ३,८४,९०० र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २,८९,९०० र एबीएस भेरियन्टका लागि ३,११,९०० रुपैयाँ तोकिएको छ।

    सार्वजनिक यी दुवै मोडल नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकल र जुम ११० स्कूटरसँगै असेंम्बल गरिएको कम्पनीले जानकारी दिएको छ। 

    हीरो मोटरसाईकल तथा स्कुटर टूडब्लु नेपालको प्रतिष्ठित तथा लोकप्रिय बाण्डमा गनिन्छ। कम्पनीले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको बजारमा बलियो पकड जमाएको छ। चौधरी ग्रुप हीरो मोटोकपको नेपालका लागि आधिकारिक वितरक पनि हो। १६० बढी कम्पनी सञ्चालन गर्ने समूहसँग, १५,००० भन्दा बढी कर्मचारीको बलियो टिम र १ सय २३ ब्रान्ड छन्। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend