२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

पर्यटन व्यवसायी प्रेम घलेको निधन


सञ्चार डबली
  • शुक्रबार, माघ ४ २०८१
  • 7.6K
    SHARES

  • images
    पर्यटन व्यवसायी प्रेम घलेको निधन

    काठमाडौ, माघ ४ । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा हेम्स अस्पतालमा निधन भएको हो ।

    घले केही महिनादेखि ब्लड क्यान्सर लागेर अस्पताल भर्ना भएका थिए । घलेको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि उनको निवासमा राखिएको छ । उनको  दाहसंस्कार गुरुङ संस्कार अनुसार सोमबार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

    घले सक्सेस ट्राभल्सका संचालक हुन । उनले ट्राभल्ससङ्गै अन्य व्यावसाय पनि संचालन गर्दै आएका थिए ।

    नेपालमा गुणस्तरीय पर्यटक भित्राउनका लागि उनको महत्वपूर्ण योगदान रहेको पर्यटन व्यवसायीहरुको भनाइ छ । 
    घलेको निधनसङ्गै नेपालले एक सफल युवा पर्यटन व्यावसायी गुमाएको छ । उनको निधनमा विभिन्न ट्राभल्ससङ्ग सम्बन्धित संघ संस्था र पर्यटन व्यावसायीहरुले दुख व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend