२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रिलायबल नेपाल लाइफ मणिग्राम शाखाद्वारा घातक रोगबापत १५ लाखको दाबी भुक्तानी


सञ्चार डबली
  • मंगलबार, पुस २३ २०८१
  • 7.6K
    SHARES

  • images
    रिलायबल नेपाल लाइफ मणिग्राम शाखाद्वारा घातक रोगबापत १५ लाखको दाबी भुक्तानी

    मंगलवार, पुस २३ २०८१
    रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा घातक रोग बापत दाबी भुक्तानी गरिएको छ । कम्पनीले बीमित अमृत खनालको घरमै पुगेर पुस ५ गते दाबी भुक्तानी रकम बापतको १५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

    बिमित अमृतले २०७८ माघ २७ गते १५ लाख रुपैयाँको बिमा योजना लिएका थिए । २०८१ कार्तिकमा उनलाई ब्रेन स्ट्रोक भएपछि यो दाबी दर्ता भएको थियो ।

    दाबी रकम हस्तान्तरण कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खनाल, मुर्गिया शाखा प्रमुख गणेश गैरे ,भुमही शाखा प्रमुख प्रबिन कंडेल ,मार्केटिङ दया तिमिल्सिना  लगायतको उपस्थिति थियो। साथै एमडिआरटी माधव भुसाल, एमडिआरटी कमला जि सि कुँवर, सिनियर एजेन्सी मेनेजरहरू शालिकराम वोस्ती, शालिकराम भण्डारी समेतको उपस्थिति थियो ।

    साथै, एजेन्सी म्यानेजरहरू रेशम भाट, हिमाल राना,शलिकराम तिवारी, नुमकला पङेनी, टक भुसाल ,बसन्ती गिरि लगायत अभिकर्ता, बिमितका परिवार, आफन्तजन र स्थानीयबासीहरूको समेत  सहभागिता रहेको थियो । कार्यक्रममा वक्ताहरूले बिमाको महत्त्व र आर्थिक संकटमा ग्राहकलाई बिमित र परिवारजनलाई बिमाले सुरक्षाको बलियो काम  गर्ने विषयमा चर्चा गरेका थिए ।

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले यस कार्यक्रममार्फत बीमितहरूको विश्वासलाई थप सुदृढ गर्दै सेवा बिस्तार निरन्तर प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्‍याएको थियो । ‘ग्राहकहरूको जीवन सुरक्षामा हाम्रो प्राथमिकता’ नाराका साथ, रिलायबल नेपाल लाइफले यस्ता प्रयासलाई भविष्यमा पनि निरन्तरता दिने जनाएको छ ।

    नेपालको बीमा इतिहासमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सर्बाधिक रकम को मृत्यु दाबी बापत ४ करोड रुपैयाँ भुक्तानी गरेको स्मरण गर्दै,  थप बलियो बनाएको छ। साथै, रिलायबल नेपाल लाइफले भविष्यमा पनि ग्राहकहरूको अपेक्षा पूरा गर्दै आफ्नो दायित्व  कायम राख्ने प्रतिबद्धता जनाएको छ।

    शुक्रबार सम्पन्न घातक रोग बापत दाबी भुक्तानी कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खानाल, एमडिआरटि माधव भुसाल  र सिनियर एजेन्सी मेनेजर शालिकराम वोस्तीले बिमाको अपरिहार्यता र महत्त्वलार्इ सबैले समयमै बुझ्नुपर्छ भन्ने मन्तव्य दिएका थिए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend