२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

फोटोनको माउन्टेन इभी भ्यान नेपालगञ्जमा : बाटोको विषमता र उत्सर्जनको समस्यालाई जित्ने


सञ्चार डबली
  • बिहीबार , पुस १८ २०८१
  • 5.8K
    SHARES

  • images
    फोटोनको माउन्टेन इभी भ्यान नेपालगञ्जमा : बाटोको विषमता र उत्सर्जनको समस्यालाई जित्ने

    बिहिवार, पुस १८ २०८१
    फोटोन नेपालको माउन्टेन इभी भ्यान नेपालगञ्ज आइपुगेको छ । गत आइतबार नेपालगन्जको सिद्धार्थ कटेज रेस्टुरेन्टमा एक कार्यक्रम मार्फत् आफ्नो माउन्टेन इभी भ्यानको अनावरण गरिएको हो ।

    नेपालको भौगोलिक बनावटका लागि क्रान्तिकारी मानिएको यो इभी  विशेष गरी नेपालको चुनौतिपूर्ण भूभागको सामना गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ । सो माउन्टेन इभी भ्यानमा ५३.५८ किलोवाट ब्याट्री रहेको छ जसले ३०० किमी (NDEC) सम्मको दायरा प्रदान गर्दछ।

    १३० किलोवाटको चरम शक्ति र ३३० Nmको अधिकतम टर्क भएको यो इभी भिरालो बाटाहरूमा पनि सजिलैसँग यात्रा गर्नेगरी बनाइएको छ। माउन्टेन इभी नेपाली बजारमा उद्घाटन गरिएको अवसरमा फोटोन नेपालले ३ दिने एक्सक्लुसिभ टेस्ट ड्राइभ कार्यक्रमको पनि आयोजना गर्दैछ ।

    सो कार्यक्रममा ग्राहकहरूले माउन्टेन इभी भ्यानको असाधारण प्रदर्शनको प्रत्यक्ष अनुभव गर्न सक्नेछन्। साथै, फोटोन नेपालले सुर्खेत रोड, मिलननगर, वडा–२० (भेरी कर्णाली पेट्रोल पम्पको अगाडि) मा आफ्नो नयाँ शोरुमको पनि उद्घाटन गरेको छ।

    एमएडब्लु वृद्धी ग्रुपका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ता, वेस्टर्न अटो सेन्टरका प्रबन्ध निर्देशक विवेककुमार श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले संयुक्त रूपमा शोरुमको उद्घाटन गरेका थिए । कार्यक्रममा ग्राहकको सुविधा र सहायता अझ बढाउनका लागि सञ्चालित फोटोन सर्भिस सेन्टरको पनि उद्घाटन गरिएको थियो।

    माउन्टेन इभी भ्यान नेपालगन्ज जस्ता सहरहरूमा स्कूल यातायात, सरकारी फ्लीट र कर्मचारी शटलहरूसहित विभिन्न कार्यहरूमा प्रयोगहरूको लागि उपयुक्त छ। १४–१६ सिटको कन्फिगरेसन, फराकिलो भित्री भाग र लक्जरी डिजाइन रहेको छ ।दैनिक र लामो यात्रा दुवैको लागि सहज र प्रभावकारी यातायात भएको कम्पनीको दावी छ । एमएडब्लू वृद्धीका एमडी विवेक सिकरियाले विश्वास व्यक्त गर्दै भने, “देशको विविध र चुनौतिपूर्ण सडक अवस्थालाई सम्हाल्न सक्ने वातावरणमैत्री र शक्तिशाली विकल्प प्रदान गर्दै फोटोन माउन्टेन ईभी भ्यान नेपालीहरूको यात्रा गर्ने शैलीलाई रूपान्तरण गर्न तयार छ।”

    1735805434-PswYm.jpg
    undefined

    एमएडब्लू वृद्धी ग्रुपका सीईओ तुषार गुप्ताले फोटोनको बलियो विरासतलाई सम्झँदै भने, “चीनमा १९ वर्षदेखि बजारको नेतृत्व गर्दै र भारत र दक्षिण अमेरिकामा उल्लेखनीय उपस्थिति जनाइसकेको फोटोन बेजोड इभी विशेषज्ञता सहित नेपालमा उपस्थित भएको छ। माउन्टेन ईभी भ्यान हाम्रै बजारका अद्वितीय आवश्यकताहरू पूरा गर्न तयार गरिएको हो।”

    माउन्टेन इभी भ्यानका मुख्य विशेषताहरू 

    अटो होल्ड नियन्त्रण

    स्मार्ट पार्किङ सहायता र हिल होल्ड नियन्त्रण

    दुई ड्राइभिङ मोडहरू

    आर१६ टिकाउ टायर

    असाधारण पुलिङ पावर, विस्तारित दायरा र उच्च स्तरका विशेषताहरुका साथ माउन्टेन इभी भ्यानले नेपालको विद्युतीय सवारीको बजारमा नयाँ मानक स्थापित गर्दैछ।

    यो सुरुवातले देशको यातायात क्षेत्रमा हरित भविष्यको लागि मार्ग प्रशस्त गर्दै स्थिरता र नवीनताप्रतिको फोटोनको समर्पणलाई प्रतिबिम्बित गर्दछ।

    भरपर्दो स्टक, पाटपुर्जाको सहज उपलब्धता

    नेपालभर अन्तर्राष्ट्रिय अटोमोटिभ ब्रान्डहरूको प्रतिनिधित्व गर्ने एमएडब्लू समूह र वृद्धि समूहबीचको साझेदारीमा सन् २०१४ देखि कार्यरत एमएडब्लू वृद्धि अन्तर्गत फोटोन नेपाल सञ्चालित छ।

    कम्पनीले व्यावसायिक र विद्युतीय सवारीसाधनहरूमा विशेषज्ञता हासिल गर्दै एमएडब्लू वृद्धिले फोटोन, सोकोन, सेरेस, नामी र चाङ्गाई जस्ता ब्रान्डहरूका भरपर्दो स्टक, पाटपुर्जाको सहज उपलब्धता र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend