२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आजको फलफूल तथा तरकारीको बजार मूल्य, सस्तियो ब्रोकाउली, च्याउदेखि चुकुन्दरको भाउ 


सञ्चार डबली
  • बुधबार, पुस १७ २०८१
  • 6.6K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको बजार मूल्य, सस्तियो ब्रोकाउली, च्याउदेखि चुकुन्दरको भाउ 


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज बुधबार केही तरकारी र फलफूलको भाउ बढेको छ भने केहीको घटेको छ । रातो आलुको भाउ सामान्य बढेर औसत मूल्य प्रतिकेजी ५३ रुपैयाँ, रातो आलु (भारतीय)को ४२ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ७१ रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, हाइब्रीड सेतो मूला ४५ रुपैयाँ, मटरकोशा १४५ रुपैयाँ, तितो करेला १०५ रुपैयाँ, हरियो लाम्चो फर्सी २५ रुपैयाँ र सखरण्ड ९५ रुपैयाँ तोकिएको छ ।

    त्यस्तै, पिंडालू प्रतिकेजी ९५ रुपैयाँ, सेलरी ३६० रुपैयाँ, पुदीना ३६० रुपैयाँ, कालो अंगुर ३६६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ११० रुपैयाँ, निबुवा ४२ रुपैयाँ ५० पैसा, स्ट्रबेरी ४६० रुपैयाँ, भेडे खुर्सानी र माछे खुर्सानी ९५ रुपैयाँ, सानो लोकल गोलभेडा २७ रुपैयाँ ६७ पैसा कायम भएको छ । 

    यता, केही तरकारी र फलफूलको भाउ भने घटेको छ । सानो भारतीय गोलभेडाको औसत मूल्य प्रतिकेजी ३२ रुपैयाँ ६७ पैसा, सानो तराई गोलभेडा ३८ रुपैयाँ ३३ पैसा, लोकल गाजर १२५ रुपैयाँ, लोकल बन्दा २७ रुपैयाँ ६७ पैसा, नरिवल बन्दा ३० रुपैयाँ, तराई बन्दा २० रुपैयाँ, राजमा सिमी ८५ रुपैयाँ, लौका ५५ रुपैयाँ, हरियो फर्सी २५ रुपैयाँ, बरेला ३५ रुपैयाँ, हरियो प्याज ६५ रुपैयाँ, कन्य च्याउ ८८ रुपैयाँ ७५ पैसा, ब्रोकाउली ३५ रुपैयाँ र चुकुन्दर ८५ रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend