२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?


सञ्चार डबली
  • सोमबार, पुस १५ २०८१
  • 6.3K
    SHARES

  • images
    आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?


    काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी न्यूनतमरु ८०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु ३०, गोलभेँडा सानो भारतीय  प्रतिकेजी रु ४०, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ६०, आलु रातो प्रतिकेजी रु ५७, आलु रातो (भारतीय) प्रतिकेजी रु ३५, आलु सेतो प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६८, गाजर लोकल प्रतिकेजी रु १२०, बन्दा (लोकल) प्रतिकेजी रु ३० कायम भएको छ ।

    समितिले तिते करेला प्रतिकेजी रु ९०, लौका प्रतिकेजी रु ६०, स्कुस प्रतिकेजी रु २५, रायो साग प्रतिकेजी रु २०, पालूंगो प्रतिकेजी रु ८०, चमसूर प्रतिकेजी रु ८०, तोरीको साग प्रतिकेजी रु ४०, तरुल प्रतिकेजी रु ७०, च्याउ कन्य प्रतिकेजी रु ८०, च्याउ डल्ले प्रतिकेजी रु ३००, ब्रोकाउली प्रतिकेजी रु ५०, गान्टेमुला प्रतिकेजी रु ७०, तामा प्रतिकेजी रु ९०, तोफु प्रतिकेजी रु ११०, कागती प्रतिकेजी रु १२०, लोकल काँक्रो प्रतिकेजी रु १०० र एक केजी गुन्द्रुकको मूल्य रु २५० तोकेको छ ।

    यसैगरी सखरखण्ड प्रतिकेजी ८०,बरेला ४५,पिंडालू ९० परवल लोकल ७० काउली स्थानीय प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ४०, भन्टा डल्लो प्रतिकेजी रु ५५, मकै बोडी प्रतिकेजी रु ६०, मटरकोसा प्रतिकेजी रु १४०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

    त्यस्तै फलफूलहरुमा अम्बाको न्यूनतम प्रतिकेजि मूल्य १०० रुपैयाँ छ । स्ट्रबेरी भुईऐल ४००रुपैयाँ , किवि २०० रुपैयाँ,आभोकाडो २०० रुपैयाँ अकला ६० रुपैयाँ,केरा १५० रुपैयाँ,अनार ३५० रुपैयाँ,अंगुर हरियो २००रुपैयाँ,अंगुर कालो ९० रुपैयाँ,स्याउ फूजी २६० रुपैयाँ रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend