शुक्रबार, पुस १२, २०८१
एजेन्सी – इर्लिङ हालान्डले दोस्रो हाफमा हानेको पेनाल्टी गोलकिपर जोर्डन पिकफोर्डले रोकेपछि इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी बिहीवार जितबाट बन्चित भएको छ।
खेलमा अग्रता लिएपनि सिटी एभर्टनसँग १-१ को बराबरीमा रोकिएको छ । लगातार चार पटकको लिग विजेता सिटीले सबै प्रतियोगिताका गरेर पछिल्ला १३ खेलमा एउटा मात्र खेल जितेको छ। एकैमा मात्र विजयी छ ।
घरेलु मैदानमा सिटीले बर्नाडो सिल्भाको गोलमा १३ औं अग्रता लिएको थियो । इलिमन एनडिआयेले ३६ औं मिनेटमा बराबरी गोल गरे । सिटी २८ अंकसहित सातौं स्थानमा छ । एभर्टन १७ लिएर १५ औं स्थानमा रह्यो । लगातारको खराब प्रदर्शनले सिटीलाई च्याम्पियन्स लिग छनोट पनि कठिन देखिएको छ।
लिगका अन्य खेलमा लिभरपुलले लेस्टरलाई ३-१ ले, उल्भ्सले म्यानचेस्टर युनाइटेडलाई २-० ले, न्युक्यासलले एस्टन भिल्लालाई ३-० ले, वेस्ट ह्यामले साउथह्यमटन १-० ले, नटिङघम फरेस्टले टोटनहमलाई १-० ले, फुलहमले चेल्सीलाई २-१ ले हराएको छ।
बोर्नमाउथ र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन्।



