२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नामीको ‘भाटभटेनीमा नामीसँग रमाइलो क्रिसमस’ योजना : सर्प्राइज गिफ्टदेखि टेस्ट ड्राइभको मौका


सञ्चार डबली
  • मंगलबार, पुस ९ २०८१
  • 7.8K
    SHARES

  • images
    नामीको ‘भाटभटेनीमा नामीसँग रमाइलो क्रिसमस’ योजना : सर्प्राइज गिफ्टदेखि टेस्ट ड्राइभको मौका

    मंगलवार, पुस ९ २०८१
    काठमाडौँ । क्रिसमसको अवसरमा नामीले देशभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइजको अनुभव प्रदान गर्ने भएको छ ।

    कम्पनीले डिसेम्बर २३ देखि २५ (सोमबारदेखि बुधबार) सम्म , काठमाडौँ उपत्यका र डिसेम्बर २५ मा उपत्यका बाहिरका भाटभटेनीहरूमा आउने ग्राहकहरूलाई लक्षित गरी नामीसँग क्रिसमसमा रमाइलो गर्ने अवसर ल्याएको हो ।

    सो अवधिमा ग्राहकहरूले सान्ता क्लॉसलाई भेट्ने, सर्प्राइज उपहारहरू प्राप्त गर्ने र बिग ह्याच विथ फाइभ स्टार लक्जरी, नामीको टेस्ट ड्राइभ गर्ने मौका पाउनेछन्। ‘अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी’ सोमबारदेखि नै सुरु भइसकेको छ ।

    काठमाडौँ उपत्यकाभित्र भक्तपुर, कोटेश्वर, सानागाउँ र टोखाका भाटभटेनी सुपर मार्केटमा उक्त योजना डिसेम्बर २५ सम्म चल्नेछ।

    डिसेम्बर २५ (बुधबार) मा  काठमाडौँ उपत्यका बाहिर विस्तार भएर नेपालका प्रमुख शहरहरूका भाटभटेनी स्थानहरू वीरगन्ज, विराटनगर, चितवन, पोखरा, र बुटवलमा समेत ग्राहकहरूले यस्को अनुभव लिन पाउने कम्पनीले जनाएको छ ।

    काठमाडौँ उपत्यका बाहिर पनि यसमा सहभागीहरूले सान्ता क्लॉसलाई भेट्ने अवसरहरू र विशेष सर्प्राइज उपहारहरू प्राप्त गर्न पाउनेछन् ।

    यसबाहेक, ग्राहकहरूले द बिग ह्याच नामीको टेस्ट ड्राइभ गरी यसका लक्जरियस  फिचर्स्हरू आफैं अनुभव गर्न सक्नुहुनेछन्। कम्पनीले नामीसँग टेस्ट ड्राइभ र सरप्राइजको रमाइलो उत्सवमा सहभागी हुन आग्रह गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend