२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सुजन बाग श्रेष्ठले पहिलोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै


सञ्चार डबली
  • शनिबार, वैशाख २ २०८०
  • 8.5K
    SHARES

  • images
    सुजन बाग श्रेष्ठले पहिलोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै

     

     काठमाडौं, वैशाख २ गते ।  भक्तपुरमा शनिबार जिब्रो छेड्ने जात्रा मनाइँदै छ । मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते ‘जिब्रो छेड्ने जात्रा मनाइन्छ । जसअनुसार शनिबार बोडेका २७ २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै छन् ।

     जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर नगरपरिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्रा सम्पन्न हुन्छ । यसैबीच मध्यपुरथिमि क्षेत्रमै शनिबार ३२ खटसहितको सिन्दुर जात्रा पनि मनाइँदैछ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्दछन् ।

  • सम्बन्धित विषय:

  • # सुजन बाग
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend