२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आजको तरकारी तथा फलफूलको मूल्यः सस्तियो, आलु, प्याजदेखि गोलभेडाको भाउ 


सञ्चार डबली
  • बिहीबार , पुस ४ २०८१
  • 7.4K
    SHARES

  • images
    आजको तरकारी तथा फलफूलको मूल्यः सस्तियो, आलु, प्याजदेखि गोलभेडाको भाउ 


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले  बिहीबारका लागि तरकारी र फलफूलको  मूल्य  सार्वजनिक गरेको छ । आज केही तरकारी र  फलफूलको भाउ घटेको छ भने केहीको बढेको छ । यो दिन कन्य च्याउको भाउ बढेर प्रतिकेजी १८० रुपैयाँ, डल्ले च्याउको ३ सय रुपैयाँ, पुदीनाको ३ सय रुपैयाँ, आभोकाडोको २२६ रुपैयाँ ६७ पैसा, हरियो खुर्सानीको ७५ रुपैयाँ, हरियो धनियाको भाउ ८० रुपैयाँ कायम भएको छ । 

    त्यस्तै, भिण्डीको भाउ प्रतिकेजी ८० रुपैयाँ, लोकल परवर ८५ रुपैयाँ, तराई परवर १२५ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ र स्थानीय काउली ९० रुपैयाँ पर्ने मूल्यसूचीमा उल्लेख छ ।  यसैगरी, सानो गोलभेडा ९भारतीय०को औसत मूल्य प्रतिकेजी ६८ रुपैयाँ ३३ पैसा, तराई गोलभेडा ७० रुपैयाँ, रातो आलुको भाउ ५७ रुपैयाँ ६७ पैसा, रातो आलु (भारतीय) ५३ रुपैयाँ ३३ पैसा, सेतो आलु ५१ रुपैयाँ ६७ पैसा र सुकेको प्याज ८७ रुपैयाँ ६७ पैसा कायम भएको छ । 

    यसैगरी आज लोकल बन्दाको भाउ प्रतिकेजी ४५ रुपैयाँ, रातो मूला ३५ रुपैयाँ, सेतो लोकल मूला २७ रुपैयाँ ६७ पैसा, टाटे सिमी ९५ रुपैयाँ, तितो करेला ९५ रुपैयाँ, हरियो लाम्चो फर्सी ४५ रुपैयाँ, डल्लो फर्सी ४५ रुपैयाँ, सखरखण्ड ७५ रुपैयाँ, बरेला ६५ रुपैयाँ, पालूगो साग ७५ रुपैयाँ, चमसूरको साग ५५ रुपैयाँ, मेथीको साग ६० रुपैयाँ, तरुल ७५ रुपैयाँ र सौफको साग ६५ रुपैयाँ पर्ने मूल्यसूचीमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend