२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यस्तो छ, आजको फलफूल तथा तरकारीको मूल्य 


सञ्चार डबली
  • बुधबार, पुस ३ २०८१
  • 8.6K
    SHARES

  • images
    यस्तो छ, आजको फलफूल तथा तरकारीको मूल्य 


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।  जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५० रुपैयाँ, भारतिय सुकेको प्याज ८५ रुपैयाँ रहेको छ । 

    यसैगरी आलु रातोको ६०, आलु सेतोको ५४, लोकल गाजर ९० रुपैयाँ ,लोकल बन्दाको मुल्य ५०, काउली स्थानीयको ८० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, मटरकोशा १७० रुपैयाँ, राजमा घिउ सिमी १४० रुपैयाँ, लौका ९०, घिरौला ८० रुपैयाँ, तितो करेला १०० रुपैयाँ, लोकल परवर ६० रुपैयाँ कायम भएको छ । भिण्डी १२० रुपैयाँ, सखरखण्ड ८० रुपैयाँ, बरेला ९० रुपैयाँ, पिंडालू ७० रुपैयाँ र स्कूसको मूल्य २५ कायम भएको छ । 

    रायो सागको मूल्य २५ रुपैयाँ  छ । तोरिको साग ४०, पालूगो साग ९० र चमसुरको साग ९० रुपैयाँ रहेको छ । कन्य च्याउ १५०, डल्ले च्याउ २५०, कुरीलो १ हजार रुपैयाँ रहेको छ । त्यस्तै, अनारको ३५० र सुन्तला नेपाली १०५, केरा १५०, स्याउ फूजी २६०,कागती १३० रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend