२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

लीपमोटर C10 अब पोखरामा पनि उपलब्ध


सञ्चार डबली
  • शुक्रबार, मंसिर २८ २०८१
  • 7.9K
    SHARES

  • images
    लीपमोटर C10 अब पोखरामा पनि उपलब्ध

    पोखरा । इलेक्ट्रिक गाडी (EV) कम्पनी लीपमोटरले प्रिमियम लीपमोटर C10 अब पोखरामा पनि उपलब्ध हुने घोषणा गरेको छ । यसले नेपालमा बढ्दो मागसँगै उच्च-स्तरीय इलेक्ट्रिक गाडीहरू ग्राहक माझ सहज उपलब्ध गराउने कार्यको विस्तार गरेको छ ।

    यस उपलब्धिलाई उत्सवको रूपमा मनाउन, पोखरास्थित पोखरा ग्रांडमा एक भव्य समारोहको आयोजना गरिएको थियो । हाल अमरसिंह, पोखरामा रहेको एस. एस. एल. मोटर्स कम्पनीले छिटै लिपमोटर र सीट्रोनको नयाँ सोरुम पनि चाउथेमा खुल्ने घोषणा गरेको छ ।

    लीपमोटर C10 ले आधुनिक प्रविधिलाई आकर्षक डिजाइनसँग समायोजन गरेर वातावरणमैत्रीहरूका लागि अविश्वसनीय एवम् आरामदायी अनुभव प्रदान गरेको छ । यसका विस्तारित सुविधाहरू र दुरदर्शी दृष्टिकोणले C10 लाई इलेक्ट्रिक गाडी रोज्नेहरूका लागि उत्कृष्ट विकल्प बनाएको छ ।

    साङ्ग्रिला मोटर्स प्रा.लि. प्रतिष्ठित गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध छ । यो कम्पनी २०१७ देखि प्युजो, २०२१ देखि सिट्रोएन, र हाल लिपमोटरको एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ ।
     
    एस. एस. एल. मोटर्स कम्पनी प्रा. ली.,नयाबजार, पोखरा शोरुममा गइ लीपमोटर C10 बुझ्न र इलेक्ट्रिक ड्राइभिङको नयाँ अनुभव लिन सक्नुहुनेछ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend