२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सिप्रदी ट्रेडिङ्ग र BOSCH बिच टाटा कमर्सियल गाडीहरूको फ्यूल सिस्टम सम्बन्धि सेवा सम्झौता


सञ्चार डबली
  • बिहीबार , मंसिर २७ २०८१
  • 15.9K
    SHARES

  • images
    सिप्रदी ट्रेडिङ्ग र BOSCH बिच टाटा कमर्सियल गाडीहरूको फ्यूल सिस्टम सम्बन्धि सेवा सम्झौता

    बिहिवार, मंसिर २७ २०८१
    काठमाडौँ । एक विशेष समारोह बिच नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र BOSCH लिमिटेडबिच सम्झौता भएको छ ।

    टाटा कमर्सियल गाडीहरूमा जडान भएका BOSCH एफ.आई.पिहरूको मर्मत तथा सम्भार सम्बन्धि सेवाको लागि सिप्रदी र BOSCH बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    उक्त सम्झौतापश्चात् अब टाटा कमर्सियल गाडीहरूको एफ.आई.पि सम्बन्धि मर्मत सम्भार कार्य सिप्रदीको सर्भिस सेन्टरमा गर्दा ग्राहकहरूले न्यून खर्च र निश्चित मूल्यको साथमा उच्च गुणस्तरको सेवा उपलब्ध गराउने सिप्रदीको प्रतिबद्घतालाई थप सशक्त बनाएको छ ।

    त्यस अवसरमा सिप्रदी ट्रेडिङ्गका उपाध्यक्ष सौरभराज थपलियाले, “यस सम्झौताले टाटा कमर्सियल गाडीका ग्राहकहरूलाई एफ.आई.पिमर्मत निश्चित मूल्य र कम लागतमा सेवा प्रदान गर्न सक्षम बनाउनुका साथै सिप्रदी तथा BOSCH को विस्तारित सर्भिस सञ्जालले गर्दा अझ पहुँचयोग्य र किफायती बन्ने विश्वास गरेका छौँ ।”

    यसैगरी, BOSCH इन्डियाका नेपाल प्रतिनिधि सन्दिप कामतले यस सहकार्यको महत्त्वलाई उजागर गरे । उनले भने, “सिफारिस नगरिएका तथा नन् जेन्यूइन पार्टपूर्जाको प्रयोगका कारण विगतमा ग्राहकहरूले बारम्बार भोग्दै आइरहेका समस्याहरूको दिगो समाधान यस सम्झौताले प्रदान गर्ने छ । अब सत्प्रतिशत BOSCH को जेन्यूइन पार्टस्हरूको प्रयोग गरि निश्चित मूल्य, न्यूनतम लागतमा उच्च गुणस्तरको सेवा ग्राहकहरूले प्राप्त गर्न सक्ने छन् ।”

    यो सेवा नेपालभरी रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरूबाट प्राप्त गर्न सकिने छ । एफ.आई.पि मर्मत सम्बन्धि कुनै पनि सेवाको लागि सिप्रदी सर्भिस सेन्टरमा आउँदा ग्राहकहरूले निश्चित मूल्यमा मर्मत कार्य पाउनुको साथै गुणस्तरको प्रत्याभूती प्रदान गर्नका लागि कम्पनीले जेन्यूइन पार्ट्सहरूमा ६ महिना सम्मको वारेन्टी सुविधा पनि प्रदान गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend