२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अब बजाजका मोटरसाइकल किस्तामा किन्न नागरिकता भए पुग्ने


सञ्चार डबली
  • आइतबार, मंसिर २३ २०८१
  • 6.6K
    SHARES

  • images
    अब बजाजका मोटरसाइकल किस्तामा किन्न नागरिकता भए पुग्ने

    आइतवार, मंसिर २३ २०८१
    काठमाडौँ । अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्समार्फत खरिद गर्न सकिने स्किम लिएर आएको छ ।

    बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को प्रा.लि.ले नागरिकताको आधारमा मात्रै सरल फाइनान्समार्फत बजाज मोटरसाइकल खरिद गर्न सकिने स्किम ल्याएको हो ।

    मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रक्रियालाई अझ सरल होस् भनी आफ्ना ग्राहकहरूको लागि यो स्किम ल्याएको कम्पनीले जनाएको छ ।

    यसअघि मोटरसाइकल खरिद गर्दा घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यकता पर्दथ्यो ।

    यी झन्झटहरुलाइ हटाएर अब भने बजाजका ग्राहकहरुले यी कागजातको सट्टामा नागरिकता मात्रै लगेर सहजै बजाजका मोटरसाइकल फाइनान्स मार्फत किन्न सक्नेछन् ।

    किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टा भित्रै लोन पास गरेर ९.९९ प्रतिशत प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्स मार्फत यो सुविधा पाउन सक्नेछन् ।

    यो स्किम बजाजका देशभरका आधिकारिक शोरुमहरूमा उपलब्ध सबै मोडलहरूमा लागू हुने कम्पनीले जानकारी दिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend