२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

हुन्डाईको स्यान्टा एफई ‘कार अफ द इयर’ घोषित


सञ्चार डबली
  • आइतबार, मंसिर २३ २०८१
  • 6.7K
    SHARES

  • images
    हुन्डाईको स्यान्टा एफई ‘कार अफ द इयर’ घोषित

    मोटर कम्पनी हुन्डाईको स्यान्टा एफई सन्‌ २०२५ का लागि  ‘वर्ष कार’ (कार अफ द इयर) घोषित भएको छ । यो कारले कारओँ अवार्डमा प्रभुत्व नै जमाएको हो ।

    यो कारले यसअघि नै बजारमा उल्लेखनीय सफलता हासिल गरिरहेको कम्पनीले जनाएको छ । सोही क्रममा यो मोडलको कारले कारओँ अवार्ड जित्दै वर्ष कार नै घोषित भएको हो ।

    कम्पनीका अनुसार यो कारले अनलाइन मार्केटप्लेसको पारिवारिक मूल्य अवार्ड पनि जितेको छ। हुन्डाईकै आयोनिक फाइभ एनलाई टेक ट्रेइलब्लाजरको रूपमा स्वागत गरिएको कम्पनीले जनाएको छ ।

    कारओँ अवार्ड यसको सम्पादकीय टोलीद्वारा निर्धारण गरिन्छ । सो टोलीले प्रतिष्पर्धी कारहरूको मूल्य, कार्यसम्पादन, दक्षता, आराम र व्यवहारिकता आधारमा उत्कृष्ट कारलाई अवार्डका लागि सिफारिस गर्छ ।

    सो अवार्डका लागि टोलीले वार्षिक रूपमा समीक्षा गरिएका सयौँ कारहरूबाट शीर्ष कार छान्ने गर्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend