२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

पछिल्लो समय बेमौसमी तरकारी खेतीमा आकर्षित हुँदै कृषकहरु


सञ्चार डबली
  • बिहीबार , मंसिर २० २०८१
  • 9.8K
    SHARES

  • images
    पछिल्लो समय बेमौसमी तरकारी खेतीमा आकर्षित हुँदै कृषकहरु

     
    काठमाडौं । पछिल्लो समय कृषकहरु बेमौसमी तरकारी खेतीमा आकर्षित भएका छन् । त्यस्तै पछिल्लो समयमा मुगुको सोरु गाउँपालिका, यूनाईटेड टु नेपाल मुगु क्लष्टरको आर्थिक सहयोग र ग्रामीण सामुदायिक संस्थाको प्राविधिक सहयोगमा सोरुगाउँपालिकामा रहेका १ देखी ११ वडामा रहेका कृषकहरू बेमौसमी तरकारी खेतीमा आकर्षित भएका छन् ।

    सोरुगाँउपालिका वडा नम्बर ६ सोरुकोटका मुनदेबी कुमालले बेमौसमी तरकारी लगाएकी छन् । उनी तरकारीको रेखदेखमा नै व्यस्त देखिन्छन् । प्लास्टिक हाउस (टनेल) भित्र बेमौसमी भाजी साग, रायो, पालङ्गो साग खेती लगाउन उनी बिहानैदेखि तल्लीन हुन्छिन् ।

    बेमौसमी तरकारी खेतीबारे तालिम गोष्ठी,सेमिनार,अनुदानमा तरकारीको बिउ ,ग्रिन हाउस–प्लाष्टिक हाउसभित्र तरकारी लगाउन सिकाएपछि मुनदेबी लगायत अन्य कृषकले हिजो आज तरकारी खेती गर्दै आइरहेका छन् ।

    तरकारीको भाउ पाउने ग्रिनहाउसमा आएर प्रति मुठा सागको १० देखी २० रुपैयाँ मूल्य पाउँदा घरमा बिहान बेलुका हरीयो तरकारी समेत खान पाउँदा   तरकारीतर्फ आकर्षित भएको उनले बताइन् ।उनले भनिन् , “बजारको पनि समस्या छैन, घरधन्दा बाल बच्चालाई लुगा कपडा कापी कलम यसरी नै धानेको छु ।”

    उनले टनेल घरमा गोलभेंडा, फर्सी, रायो, सुईसाग फर्सी, लगायतका तरकारी लगाएकी छिन् । तरकारी खेतीबाट वर्षमा  मासिक १५÷२० हजारसम्म आम्दानी लिने गरेको किसानहरू बताउँछन् ।जीवनस्तरमा पनि धेरै परिवर्तन आएको कृषक गगन भामको  भनाई छ । आर्थिक अवस्था कमजोर भएकाहरू पनि तरकारी खेती गरेर आत्मनिर्भर हुँदै आइरहेका छन् । काठका टहरामा प्लास्टिक लगाएर टर्नेल बनाई बाह्रै महिना तरकारी खेती गर्न सकिने किसानहरुको भनाई छ । 

    बिशेष गरी सस्थाको कार्यक्षेत्र अन्तरगत समुदायमा गठन गरीएको समुहबाट छनोट परेका गरिब, अपाङ्गता, एकल महिला, पिछडिएका बर्षहरूको आयआर्जन गर्नको लागि विगत लामो समयदेखी शिक्षा, स्वास्थ्य रोजगार, आयआर्जनको लागि विभिन्न तालिम गोष्टी लगायतका क्षेत्रमा शिक्षा दिँदै आएको ग्रामीण सामुदायिक संस्थाका प्रमुख बासु सावलले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend