२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनपिएल अन्तर्गत आज पनि दुई खेलः लुम्बिनी लायन्स पहिलो पटक मैदानमा उत्रिँदै 


सञ्चार डबली
  • बुधबार, मंसिर १९ २०८१
  • 7.6K
    SHARES

  • images
    एनपिएल अन्तर्गत आज पनि दुई खेलः लुम्बिनी लायन्स पहिलो पटक मैदानमा उत्रिँदै 


    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार दुई पनि खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा आजको पहिलो खेल कर्णाली याक्स र काठमाडौं गोर्खाजबीच हुनेछ । खेल बिहान ९ बजे सुरु हुन्छ । कर्णालीका कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौं गोर्खाजका कप्तानमा करण केसी छन् । 

    कर्णाली र काठमाडौं दुवै यो दोस्रो खेल हो, यो भन्दा अगाडिको खेलमा दुवै टिमले जित हासिल गर्न सकेको थिएन् । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको थियो ।  

    यस्तै, दोस्रो खेल भने विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच हुदैँछ । खेल आज दिउँसो १ बजे सुरु हुनेछ । विराटनगरको यो तेस्रो खेल हो भने लुम्बिनी पहिलो खेल खेल्दै छ । विराटनगरले दुई खेलमा नै जित हासिल गर्न सकेको छैन् ।

    विराटनगर उद्घाटन खेलमा जनकपुर बोल्टसँग आठ विकेट र दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले पराजित भएको थियो । लुम्बिनीका कप्तानमा राष्ट्रिय टिमका कप्तान रोहित पौडेल छन् भने विराटनगरमा सन्दिप लामिछाने छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend