२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल प्रिमियर लिगः चितवन र पोखराबीच प्रतिस्पर्धा हुँदै


सञ्चार डबली
  • मंगलबार, मंसिर १८ २०८१
  • 6.4K
    SHARES

  • images
    नेपाल प्रिमियर लिगः चितवन र पोखराबीच प्रतिस्पर्धा हुँदै


    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछ ।  आजको पहिलो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुदैँछ ।  आफ्नो पहिलो खेलमा विराटनगर किङ्स जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमको भने यो एनपीएलमा पहिलो खेल हो । आजको खेल बिहान ९ बजे देखि सुरु हुनेछ । 

    विराटनगरका कप्तान तथा मार्की खेलाडी सन्दीप लामिछाने हुन् भने सुदूरपश्चिमका मार्की खेलाडी र कप्तान दिपेन्द्रसिंह ऐरी हुन् ।यस्तै, दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जरबीच हुँदैछ ।

     चितवनले सोमबारको खेलमा काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो । पोखराको भने यो पहिलो खेल हो । खेल दिउँसो १ बजे सुरु हुनेछ । पोखराका मार्की खेलाडी तथा कप्तान कुशल भुर्तेल हुन् भने चितवनका मार्की खेलाडी र कप्तान कुशल मल्ल हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend