२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसनको बिक्री खुला, केके छन् विशेषता ?


सञ्चार डबली
  • शनिबार, मंसिर १५ २०८१
  • 7.7K
    SHARES

  • images
    रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसनको बिक्री खुला, केके छन् विशेषता ?

    काठमाडौँ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि.ले क्लासिक ३५० सिग्नल्स एडिसनको बिक्री खुला गरेको छ ।

    ३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीदु मोडल ९पोस्ट वार जीटु मोडल०को उत्प्रेरणा जगाउने मोटरसाइकलको रूपमा लिइन्छ । सिग्नल्स एडिसन डेजर्ट स्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध हुनेछ ।

    यो मोटरसाइकलमा भएको ३५० सीसी नयाँ एपर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी बलियो टर्क र अत्यन्त परिष्कृत सवारी अनुभव प्रदान गर्दछ। यसको फराकिलो सिट प्रोफाइल र नरम फोम कुशन प्याडिङले शहरभित्र र लामो यात्रामा चालक र पछाडि बस्ने पात्रुलाई आरामदायी अनुभव दिन्छ ।

    1732875529-XaETr.jpg
    undefined

    नयाँ एर्गोनोमिक्स, ग्रिप्स, रोटरी स्विच, इन्फो स्विच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्न फिचर यसमा उपलब्ध छन् । त्यसैगरी नयाँ पाइलट लाइटहरू भएको हेडलाइट र नयाँ डिजाइनको टेललाइट तथा एकीकृत रिफ्लेक्टर यसमा रहेका छन्।

    बाइकमा अगाडि रहेको ३०० एमएम डिस्क ब्रेकसँग टिवीन्स पिस्टन फ्लोटिङ्ग क्यलिपर र पछाडी रहेको २७० एमएम डिस्क ब्रेकसँग सिन्गल पिस्टन फ्लोटिङ्ग क्यलिपरले अरु बढी आत्मविश्वासपूर्ण ब्रेकिङ प्रदान गर्छ ।

    नयाँ क्लासिक ३५० सिग्नल्स एडिसनले परम्परा र नवीनताबीचको सन्तुलनलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ । नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसनको आज रोयल इन्फिल्डको नेपालभर २४ वटै सोरुममा लन्च एवं बिक्री खुला गरिएको छ। नजिकको रोयल इन्फिल्डको सोरुममा गएर यसलाई अवलोकन गर्न र टेस्ट राइड गर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend