२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अशक्त वृद्धालाई मञ्चबाट तलै ओर्लिएर वितरण गरे राष्ट्रपतिले पदक 


सञ्चार डबली
  • शुक्रबार, वैशाख १ २०८०
  • 7.2K
    SHARES

  • images
    अशक्त वृद्धालाई मञ्चबाट तलै ओर्लिएर वितरण गरे राष्ट्रपतिले पदक 

    शुक्रबार, वैशाख १, २०८०
    काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा शारीरिक रुपमा अशक्त एक वृद्धा अग्लो ठाउँमा रहेको मञ्चतर्फ अगाडि बढ्न खोज्दै थिइन् । यो दृश्य देख्नासाथ राष्ट्रपति रामचन्द्र पौडेल मञ्चबाट ओर्लन खोजे । त्यहीबेला त्यहाँ रहेका सुरक्षा अधिकारीले राष्ट्रपति त्यसरी जान नमिल्ने संकेत गर्दै थिए । तर राष्ट्रपति पौडेलले त्यसलाई मानेनन् र तलै ओर्लेर ती अशक्त वृद्धालाई पदक दिए । यो दृश्य देखिरहेका पदक लिन आउनेमध्ये एक जनाले यस्तो टिप्पणी गर्दै थिए, ‘जनताको छोरो राष्ट्रपति भएको अनुभूति हुने व्यवहार सधैँ सबैले गरे हुन्थ्यो ।’ ती वृद्ध पुरुष मात्र होइन शारीरिक रुपमा अशक्त भएका वृद्धवृद्धालाई राष्ट्रपति पौडेलले मञ्चबाट तल ओर्लेर सहजै पदक प्रदान गरेका थिए ।  

    यसैबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले एकजनालाई नेपाल रत्न, तीनजनालाई राष्ट्र गौरव, एकजनालाई सुप्रसिद्ध प्रवल जनसेवाश्री र १४ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री प्रदान गरे । यस्तै, १६ जना सुकीर्तिमय राष्ट्रदीप, १६५ जनालाई सुप्रवल जनसेवाश्री, ६ जनालाई कीर्तिमय राष्ट्रदीप, ३१६ जनालाई प्रवल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र २०५ जनालाई जनसेवाश्री प्रदान गरे । राष्ट्रपतिले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्वप्रधानमन्त्री स्व। सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका ७२८ व्यक्तित्वलाई विभिन्न मानपदवी सो अवसरमा प्रदान गरे ।

    राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्वप्रधानमन्त्री स्व.सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका सात सय २८ व्यक्तित्वलाई विभिन्न मानपदवी सो अवसरमा प्रदान गरेका छन् । राजनीतिज्ञ स्व.जीवराज न्यौपाने ‘आश्रित’ लाई प्रदान गरिएको राष्ट्र गौरव उनकी धर्मपत्नी माया न्यौपानेलाई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् स्व.सत्यमोहन जोशीलाई प्रदान गरेका छन् । सुप्रसिद्ध प्रबल जनसेवाश्री डा।जगमान गुरुङलाई प्रदान गरिएको छ । समारोहमा व्यवसायी, संस्कृतिविद्, कलाकार, पत्रकार, समाजसेवी, खेलाडी, प्रशिक्षक, निजामती, जङ्गी, चिकित्सक, विदेशी नागरिकलगायतलाई मानपदवी प्रदान गरिएको थियो । 

    मन्त्रिपषिद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका दिन उक्त विभूषणको घोषणा गरेकी थिइन् । नेपालको संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्ने उल्लेख छ ।  समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।


        

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend