२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आजको राशिफल : २०८० बैशाख ०१ गते (शुक्रवार)


सञ्चार डबली
  • शुक्रबार, वैशाख १ २०८०
  • 74.1K
    SHARES

  • images
    आजको राशिफल : २०८० बैशाख ०१ गते (शुक्रवार)

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    आज सफल यात्रा हुनेछन् । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहन सुख पनि मिल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । खर्चिलो यात्रा हुनसक्छ । शत्रुपक्ष पनि सबल रहने भएकाले सजग रहनु उचित हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइएला । चलाखीपूर्ण बोलीले काम सफल हुनेछ । शुभ समाचार सुन्नमा आउला ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    आज धर्मकर्ममा मन लाग्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर आउनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख पनि मिल्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    आज मनमा दुबिधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    आज धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । विश्वास गरेकाले साथ पनि दिनेछन् ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । लगानीको वातावरण बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    आज स्वादिष्ट भोजन पाइनेछ । प्रेममा मधुरता छाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । प्राविधिक कार्य पूरा हुनेछ ।

    आज तपाईंको दिन मङ्गलमय रहोस् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend