२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

ए’ डिभिजन लिग : थ्री स्टार र जावलाखेल युथ क्लब बीचको खेलमा दर्शकलाई निःशुल्क प्रवेश


सञ्चार डबली
  • शनिबार, जेठ २७ २०८०
  • 9.4K
    SHARES

  • images
    ए’ डिभिजन लिग : थ्री स्टार र जावलाखेल युथ क्लब बीचको खेलमा दर्शकलाई निःशुल्क प्रवेश

    शनिबार, जेठ २७, २०८०
    काठमाडौं । आज शनिबार हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९–८० को अन्तिम खेलमा दर्शकहरूले निःशुल्क प्रवेश पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सामाजिक सञ्जालमार्फत आजको साँझ अपरान्ह ५ः३० बजेदेखि सुरु हुने थ्री स्टार र जावलाखेल युथ क्लबबीचको खेलमा दर्शकलाई निशुल्क प्रवेश दिइने जनाएको हो ।

    दशरथ रंगशालामा साँझ ५ः३० बजेपछि हुने खेलमा रेलिगेसनको दवाव झेलिरहेको थ्री स्टारलाई  जित्नैपर्ने दबाब छ । तालिकाको १३औँ स्थानमा रहेको थ्री स्टारलाई जावलाखेलविरुद्धको जितले मात्र रेलिगेसन क्षेत्रबाट माथि राख्नेछ । हारको नतिजाले थ्री स्टार रेलिगेसनमा पर्नेछ ।

    लिगमा २५ खेलबाट ३७ अंक जोडेको जावलाखेलले भने लिगमा चौथो स्थान निश्चित गरिसकेको छ । लिगको अन्तिम चरणको पहिलो दिन आज विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । एक खेल च्यासल मैदानमा हुनेछ ।

     

  • सम्बन्धित विषय:

  • # सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९–८०
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend