२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अञ्जन श्रेष्ठ महासंघको वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित, उमेशले गरे समर्थन


सञ्चार डबली
  • बिहीबार , चैत ३० २०७९
  • 7.2K
    SHARES

  • images
    अञ्जन श्रेष्ठ महासंघको वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित, उमेशले गरे समर्थन

    काठमाडौं, २०७९ चैत ३० गते 

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उमेशलाल  श्रेष्ठले उनलाई वरिष्ठ उपाध्यक्षका लागि समर्थन गरेपछि उनी वरिष्ठ उपाध्यक्ष बनेका हुन् । वरिष्ठ उपाध्यक्षका लागि तीन जनाबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा भएको निर्वाचनमा ३ जना मध्येका कुनै पनि प्रत्यासीले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी भिडन्त पक्का भएको थियो ।

    दोस्रो चरणको निर्वाचनमा पुगेका अञ्जन श्रेष्ठ र उमेशलालबीच नयाँ नेतृत्वको लागि सहमति भएको हो । पहिलो चरणमा तीन प्रतिस्पर्धीमध्ये अञ्जनले ३७.९९ प्रतिशत, उमेशलालले ३१.५१ प्रतिशत र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत पाएका थिए । बढी मत ल्याउने उम्मेदवार अञ्जन र उमेशलालबीच पुनः निर्वाचनको प्रक्रिया थालिएको थियो ।
    यसैबीच सहमतिको लागि निवर्तमान अध्यक्ष शेखर गोल्छा, नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्षमा अन्तिम दुई प्रतिस्पर्धी अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच बैठक बसेको थियो । लगत्तै दुई प्रतिस्पर्धी अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच अलगै बैठक बसेका थिए । विभिन्न चरणमा भएको छलफलपछि अञ्जनलाई उमेशलालले समर्थन गरेका हुन् ।

    महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ । यो कार्यकालमा यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष रहेका चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बनेका छन् । एसोसिएटतर्फ उपाध्यक्षमा रामचन्द्र संघाइ प्यानलकी ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघाइ पक्षकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend