२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

 २९ अंकले घट्यो सेयर बजार


सञ्चार डबली
  • बिहीबार , चैत ३० २०७९
  • 9.2K
    SHARES

  • images
     २९ अंकले घट्यो सेयर बजार


    काठमाडौं, चैत ३० गते । २०७९ सालको अन्तिम दिनसँगै साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । बिहीबार नेप्से परिसूचक २९ अंकले ओरालो लागेको हो । योसँगै सूचक १९३४ को बिन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७२ अंकले घटेर ३६७.९८ विन्दुमा पुगेको छ।

     

    यसअघि बुधबारको कारोबारमा भने नेप्से परिसूचक ९२ अंकले उकालो लागि १९६३ विन्दुमा अडिएको थियो । सोही दिन एक अर्ब ९७ करोड ५२ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । 

    नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा बुधबार कूल २७० कम्पनीको ४९ लाख १३ हजार ७०२ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ६५ करोड ३३ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। 

    यसैगरी, नेप्से सुचकमा २८ कम्पनीमा वृद्धि भएको छ । १८६ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ ।  कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ८ करोड ४२ लाख रुपैयाँको कारोबार गरेको छ । 

    यसैगरि हिमालय डिस्टिलरी ६ करोड र एनआसि एशिया कम्पनीले ५ करोडरुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।  बिहीबार सबै उपसुचक कम्पनीहरु राताम्मै भएको छ । घटेको कम्पनीहरु मध्ये सबैभन्दा धेरै विकास बैंक र निमार्ण तथा प्रसोधनको २ प्रतिशतले ओरालो लागेको छ ।

    बिहीबारको आदर्श लघुवित्त वित्तीय संस्था सिद्धार्थ, कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावर कम्पनीको१० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्। 
     

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend