२३ कार्तिक २०८१, शुक्रबार
काठमाडौं– कलिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारीको मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार आजको बजारमा नेपाली टमाटर ठूलो प्रतिकेजी थोक मूल्य ६० देखि ७० रुपैयाँ रहेको छ । साथै सानो टमाटर ३५ देखि ४० र गोलभेडा सानो (टनेल) ४० देखि ५० रुपैयाँ प्रतिकेजी रहेको छ । विहिबारको तुलनामा आज टनेल टमाटरको भाउ प्रतिकेजी झण्डै २५ रुपैयाँ घटेको हो ।
त्यसैगरी भारतीय प्याज प्रतिकेजी १२० देखि १२५ रुपैयाँ केजी रहेको छ । साथै शुक्रबारको बजारमा ६० देखि ६५ रुपैयाँ थोक मूल्य रहेको चाइनिज प्याजको भाउ आज भने झण्डै ५५ रुपैयाँले बढेको समितिको विवरणमा उल्लेख छ ।
त्यसैगरी नेपाली लसुन २९० देखि ३०० प्रतिकेजी रहेको छ । लसुनको भाउ १० रुपैयाँले बढेको छ । साथै चाइनिज लसुन १६५ देखि १७० रुपैयाँ प्रतिकेजी विक्रि वितरण भइरहेको छ । चाइनिज लसुनमा विहिबारकै भाउ कायम रहेको छ ।



