२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

टाटाको " टियागो.इभी धनतेरस एक्सचेङ्ग धमाका ", हरेक बुकिङ्गमा सुनको असर्फी - आइ फोन १६ प्रो


सञ्चार डबली
  • मंगलबार, कात्तिक ६ २०८१
  • 7.9K
    SHARES

  • images
    टाटाको " टियागो.इभी धनतेरस एक्सचेङ्ग धमाका ", हरेक बुकिङ्गमा सुनको असर्फी - आइ फोन १६ प्रो

    २०८१ कार्तिक ६ गते 
    काठमाण्डौं - नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले टियागो इभि धनतेरस एक्सचेन्ज धमाका आयोजना गर्न लागेको छ । धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसँग साट्न सकिनेछ । यस वर्षको धनतेरसलाई लक्षित गरेर यही कार्तिक ८, ९, र १० गते टियागो इभि धनतेरस एक्सचेन्ज धमाका टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरुमा आयोजना गर्न लागेको कम्पनिले जनाएको छ ।

    यस मेलामा सहभागी भएर ग्राहकहरुले टियागो इभिको हरेक बुकिङ्गमा सुनको असर्फी वा आइ फोन १६ प्रो प्राप्त गर्न सक्नु हुनेछ । उल्लेखित अफरहरु धनतेरस एक्सचेङ्ग धमाकाको ३ दिनका लागि मात्र लागु हुनेछ । टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक हो ।

    टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend