२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

हिमाल आरोहणका लागि ३६२ जना पर्यटकले पाए  अनुमति, साढे ४ करोड रोयल्टी संकलन 


सञ्चार डबली
  • सोमबार, असोज ७ २०८१
  • 9.1K
    SHARES

  • images
    हिमाल आरोहणका लागि ३६२ जना पर्यटकले पाए  अनुमति, साढे ४ करोड रोयल्टी संकलन 


    काठमाडौं । हिमाल आरोहणका लागि पर्यटन विभागले यो सिजनमा ३६२ जना पर्यटकलाई अनुमति दिएको छ। पर्यटन विभागले जारी गरेको विवरण अनुसार यो सिजनमा १० वटा हिमालमार्फत साढे ४ करोड रुपैयाँ रोयल्टी संकलन हुने भएको छ।

    सेप्टेम्बर तेस्रो साता सम्मका लागि मनासलु, पुठा हिमचुली, अन्नपुर्ण ४, थाकर गो इस्ट, धौलागिरी, फुङ्गी, कुम्भकर्ण, अरनिको चुली, अपी र मकालु आरोहणका लागि ३६२ पर्यटकले अनुमति पाएका हुन्।

    जसमध्ये मनासलु आरोहणका लागि आउने पर्यटकको संख्या उच्च रहेको छ। ३६२ मध्ये यो हिमाल आरोहण गर्ने संख्या मात्र ३०८ रहेको छ।

    हिमाल आरोहणका लागि ५४ वटा मुलुकका नागरिकले अनुमति पाएका हुन्। जसमध्ये चीनबाट मात्र ६१ जना आरोहीको सहभागी हुने विभागले जनाएको छ।

    हिमाल आरोहणका लागि धेरै पर्यटक आउने दोस्रो मुलुकमा अमेरिका रहेको छ। अमेरिकाबाट आउने ३५ पर्यटकले हिमाल आरोहण गर्ने अनुमति पाएका हुन्।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend