आइतबार, २१ जेठ २०८०
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली लेग स्पिनर सन्दीप लामिछानेले जिम्बाबेमा आयोजना हुने आईसीसी विश्वकपको क्यवालिफायर खेल्ने भएका छन् । विश्वकप क्यालिफायरका लागि अभ्यास खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली यसअघि नै दक्षिण अफ्रिका प्रस्थान गरिसकेको छ ।
नाबालिग बालात्कारको मुद्दा खेपिरहेका उनीमाथि दायर गरिएको मुद्दा हाल न्यायालयमा विचाराधिन अवस्थामा छ । त्यसैले सन्दीप टोलीका अन्य खेलाडीसँग दक्षिण अफ्रिका जान पाएका थिएनन् ।
‘सन्दीपका कानुन व्यवसायी अधिवक्ता मुरारी सापकोटाले उनको मुद्दाको पेसी आगामी असार २९ गतेका लागि सारेको छ । हामी सबैको सामूहिक प्रयासबाट सन्दीपले विश्वकप क्वालिफायर खेल्ने भएका छन् । उनी सोमबार दक्षिण अफ्रिका प्रस्थान गर्दैछन्,’ अब उनी विश्वकप छनोट सकेर नै फर्किनेछन् । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सञ्चारडवलीसँग भने ।



