२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

मलेसियासँगको टी–२० क्रिकेट शृंखलाको उपाधि नेपाललाई


सञ्चार डबली
  • आइतबार, जेठ २१ २०८०
  • 12.3K
    SHARES

  • images
    मलेसियासँगको टी–२० क्रिकेट शृंखलाको उपाधि नेपाललाई

    काठमाडौं, २१ जेठ । मलेसियासँगको टी–२० क्रिकेट शृंखलाको उपाधि नेपालले जितेको छ । आज भएको पाँचौँ तथा अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले हराएसँगै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो । नेपालले श्रृंखला ३–२ ले जितेको हो । यसअघि नेपालले सन् २०२१ मा कतारविरुद्धको श्रृंखला जितेको थियो । त्यसपछि पहिलोपटक मलेसियासँगको श्रृंखला जितेको हो ।

    आज मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदा नै ७ विकेट गुमाएर भेट्टाएर उपाधि चुमेको हो । नेपालका लागि सीता राना मगरले ३७ बलमा ६ चौकाको मद्दतले ३४ रन जोडिन् भने रुबिना क्षेत्रीले २३ तथा अप्सरी बेगमले १५ रन बनाइन् । मलेसियाका लागि अइना हमिजा हसिमले सर्वाधिक २ विकेट लिइन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend