२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

 शेखर कोइराला–गगन थापा समूह छलफलमा, मन्त्रीको नाम टुंग्याउने 


सञ्चार डबली
  • बिहीबार , चैत ३० २०७९
  • 8.4K
    SHARES

  • images
     शेखर कोइराला–गगन थापा समूह छलफलमा, मन्त्रीको नाम टुंग्याउने 


    काठमाडौं, चैत ३० गते।  मन्त्रीको नाम टुंग्याउन कांग्रेसको शेखर कोइराला–गगन थापा समूहको बैठक बसिरहेको छ ।नेपाली कांग्रेसका डा. शेखर कोइराला–गगन थापा समूह छलफलमा जुटेका छन्। आफ्नो समूहले कम्तिमा ३ मन्त्री पाउनुपर्ने अडान बमोजिम उनीहरु आज छलफलमा जुटेका हुन् । शेखर–गगन समूहको बैठकले आफ्नो तर्फबाट मन्त्रीहरुको नाम टुंग्याउने बताइएको छ ।

    शेखर–गगन समूहले तीन जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी गरेको छ । कांग्रेसबाट ४ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी हुन बाँकी छ ।धनराज गुरूङ र डिगमान लिम्बु, जीवन परियार र बद्री पाण्डेमध्येबाट मन्त्री चुनिने सम्भावना छ। 

    कांग्रेसले ८ मन्त्रालय पाएकोमा यसअघि ४ मन्त्री मात्रै सरकारमा पठाएको छ। कोइराला(थापा पक्षले मन्त्री छानेर सभापति शेरबहादुर देउवालाई दिएपछि देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नामावली दिने तयारीमा छन् । सभापति देउवा पक्षले भने एनपी साउद र मोहनबहादुर बस्नेतलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # –शेखर–कोइराला–गगन–थापा–समूह–
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend