२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

कृषि मन्त्री अधिकारीद्धारा चोभारमा निर्माणाधीन पुष्प तथा फलफूल बजार बहुतले भवनको निरीक्षण

तत्काल काम नसकिए कानुन अनुसार सरकार अघि बढ्छ


सञ्चार डबली
  • शनिबार, भदौ २२ २०८१
  • 8.5K
    SHARES

  • कृषि मन्त्री अधिकारीद्धारा चोभारमा निर्माणाधीन पुष्प तथा फलफूल बजार बहुतले भवनको निरीक्षण

    काठमाडौँ, भदौ २२ –कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले काठमाडौँको चोभारमा निर्माणाधीन पुष्प तथा फलफूलको थोक बजारको काम तत्काल पुरा गर्न निर्देशन दिएका छन् । २०७३ असारमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी सुरु भएको बहुतले भवनको काम अहिलेसम्म पनि पुरा नभएपछि कृषि मन्त्री अधिकारी शुक्रबार दिउँसो निरीक्षणका लागि चोभार पुगेका थिए ।

    ११औ पटक थपिएको म्याद सकिन केही दिन मात्र बाँकी छ । तर, २३ रोपनी क्षेत्रफलभित्र निर्माणाधीन बहुतले भवनको अझै १३ प्रतिशत काम बाँकी छ । त्यसप्रति चासो र चिन्ता व्यक्त गर्दै कृषि मन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र कार्यसम्पादन गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन् । सम्झौता अनुसार काम नसकिए कानुन अनुसार कारबाही हुने र गर्ने जनाउँदै मन्त्री अधिकारीले तत्काल भवन बाँकी काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

    पुष्प तथा फलफूल थोक बजार तत्काल सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिँदै मन्त्री अधिकारीले त्यसका लागि मन्त्रालय आवश्यक सहजिकरण गर्नका लागि तयार रहेको बताए । चोभार रहेको बहुतले भवन सञ्चालनमा आउँदा उत्पादक र उपभोक्ता दुबै लाभान्वित हुने जनाउँदै मन्त्री अधिकारीले भवन निर्माणमा कुनै पनि  बहाना नगर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन् ।

    २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ असोजमा करिब ३५ करोड रुपैयाँको लागतमा बहुतले भवन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार काम नभएपछि २०८० चैत १३ गते २०८१ भदौ मसान्तभित्र काम सम्पन्न गर्ने गरी ११औँ पटक म्याद थप भएको थियो । सम्झौता अनुसार काम सम्पन्न गर्न झन्डै एक साता मात्र समय बाँकी छ । तर, पूर्व सहमति अनुसार अझै १३ प्रतिशत काम पुरा हुन सकेको छैन भने समयमा काम पुरा नहुँदा त्यसको लागत बढेर ४० करोड बढी पुगेको छ ।

    लागत बढ्दै जाने तर सम्झौता अनुसार काम नभएपछि कृषि मन्त्री अधिकारी मन्त्रालयका प्रतिनिधि, ठेकेदार कम्पनी र कन्सल्टेन्ट सहितको उपस्थितिमा पुष्प तथा फलफूल थोक बजार, चोभार भवनको वास्तविक अवस्था बुझ्न त्यहाँ पुगेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend