२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कृषि मन्त्री अधिकारीसँग युएसएआइडीका मिसन डाइरेक्टरको  शिष्टाचार भेट

कृषिमा लगानी बढाउन मन्त्री अधिकारीको जोड


  • बिहीबार , भदौ १३ २०८१
  • 8.2K
    SHARES

  • images
    कृषि मन्त्री अधिकारीसँग युएसएआइडीका मिसन डाइरेक्टरको  शिष्टाचार भेट

    काठमाडौं, भदौ १३–कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन ज्यासोन मिक्स र युएसएआइडीका मिसन डाइरेक्टर मिस कटिई डोनोहोबीच शिष्टाचार भेट गरेका छन् । कृषि मन्त्रालयमा बिहीबार भएको भेटमा दुई देश (नेपाल र संयुक्त राज्य अमेरिका) बिचको आपसी सद्भाव, समझदारी, सहयोगका साथै विविध विषयमा छलफल भएको हो । 

    भेटका क्रममा मन्त्री अधिकारीले अमेरिकाले सन् १९५० को दशक देखि नेपालको सामाजिक, आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएको स्मरण गरे,  आगामी दिनमा कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने गरी आर्थिक सहयोगका लागि उनले आग्रह गरेका छन् ।

    नेपाल सरकारले दिगो विकास लक्ष्य प्राप्तिको लागि कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने, कृषि अनुसन्धानलाई बढवा दिने, कृषि पूर्वाधारको विकासलाई तीव्रता दिने, उत्पादित कृषि उपजको आन्तरिक एवं बाह्य बजारमा सहज पहुँचा राख्ने, नेपालको भौगोलिक क्षेत्र विशेष कृषि उत्पादनलाई अन्तर्राष्ट्रियकरण गरी कृषि पर्यटन समेतको सम्भावनालाई साकार पार्ने योजना रहेको मन्त्री अधिकारीले भेटका क्रममा उल्लेख गरे । त्यसले नेपाल दिगो विकासका लक्ष्य प्राप्ति हुनेमा जोड दिँदै मन्त्री अधिकारीले भने,‘विश्वव्यापी भोकमरीको अन्त्य गर्न योगदान गर्ने हामीले लक्ष्य लिएका छौ । यी लक्षहरू पूरा गर्न ठुलो लगानीको आवश्यकता पर्ने हुन्छ, यसका लागि युएसएआइडीको पहलमा संयुक्त राज्य अमेरिका सरकारबाट आवश्यक भूमिका निर्वाह हुनेछ र सहयोग प्राप्त हुनेछ भन्ने मैले आशा गरेको छु।’

    नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को दशकलाई ‘कृषिमा लगानी दशक’घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री अधिकारीले उत्पादनदेखि बजारीकरणसम्मको कृषि इकोसिस्टम सुधार कार्ययोजना कार्यान्वयन गर्ने पनि लक्ष लिएको जनाए । अमेरिकी सरकारको सहयोगमा चालु आर्थिक वर्षबाट सुरु हुन लागेको एग्रिकल्चर ट्रान्सफरमेसन आयोजनाको आई एल हस्ताक्षर गर्न केही समस्या परेको जानकारी आफूले पाएको जनाउँदै मन्त्री अधिकारीले बताए । ‘यस विषयलाई मैले गम्भीर रूपमा लिएको छु । समस्या समाधानको लागि यस मन्त्रालयले अर्थ मन्त्रालयसँग आवश्यक पहल तथा समन्वय गरिरहेको छ,’ उनले भेटमा भने,‘मैले आफ्नो व्यक्तिगत तर्फबाट पनि अर्थमन्त्रीज्यू सँग छलफल गरेको छु । यस विषयले चाडै निकास पाउनेमा म आशावादी छु ।’

    आगामी दिनमा दुई देश र जनताको पारस्परिक हितका लागि मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन नेपालले संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय र बहुपक्षीय तहमा नजिकबाट काम गर्न तत्पर रहेको अधिकारीले दोहो¥याएका थिए । युएसएआइडी मिसन डाइरेक्टरले अधिकारीलाई सफल कार्यकालको शुभकामना दिँदै कृषिसहित नेपालको आर्थिक विकासमा आफूहरू सहकार्य गर्न तयार रहेको आश्वासन दिएका छन् ।

     



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend