२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

टान निर्वाचन : पार्टीगत सिण्डिकेटले पर्यटन व्यवसायीहरुमा आक्रोश, अध्याधिक मतले पाण्डे समुह बिजय हुने सुनिश्चित


सञ्चार डबली
  • बिहीबार , भदौ १३ २०८१
  • 25.7K
    SHARES

  • images
    टान निर्वाचन : पार्टीगत सिण्डिकेटले पर्यटन व्यवसायीहरुमा आक्रोश, अध्याधिक मतले पाण्डे समुह बिजय हुने सुनिश्चित

    बिहीबार , भदौ १३ २०८१
    काठमाण्डौ - ट्रेकिङ एजेन्सीज  एसोसिएसन अफ नेपाल (टान) को निर्वाचन भदौ १७ गते सम्पन्न हुन गइरहेको छ । निर्वाचनमा दुई समुह भिड्दै छन। करिव २४ सय ट्रेकिङ कम्पनीहरू दर्ता रहेकामा निर्वाचनमा मतदान गर्न योग्य मतदाताहरुको संख्या करिब १ हजार ५ सय रहेका छन् । सन् २०२४ देखि २०२६ सम्मका लागि उनीहरुले आफ्नो नेतृत्व चयन गर्नेछन । यतिबेला निर्वाचनमा कसले जित्ने हो भन्ने बहस पर्यटन क्षेत्रमा चर्को रुपमा चलिरहेको छ। सागर पाण्डे र राजेन्द्र सापकोटा समूहले आ–आफ्नो प्यानल सहित उम्मेदवारी दर्ता गरेका छन्।

    पर्यटन क्षेत्रको सबैभन्दा बलियो र वृहत संगठन टानको नयाँ नेतृत्वमा सगर पाण्डे छान्ने कि अर्को भन्नेमा अहिले मतदाताहरुमा चर्चा र बृहत् छलफल चलिरहेको छ । धेरै जसो मतदाता पार्टीगत भन्दा पनि संस्थाको हित र रक्षा गरि संस्थाको गरिमा बढाउन पाण्डे समुहलाई निर्वाचनमा मतदान गर्ने तर्क सुन्न पाइन्छ । पार्टीको आदेश लादेर आएका व्यक्तिबाट संस्थाको हित हुन नसक्ने भन्दै धेरै जसो व्यवसायी पाण्डे समुहलाई मतदान गर्न अन्य व्यवसायीहरुलाई समेत अनुरोध गरिरहेका छन् ।

    २ बर्ष अघि देखि नै पार्टीका शिर्ष नेताहरुले एउटा खोष्टा कागजमा भागवण्डा गरेको देखिन्छ । तर त्यस्तो अपाच्य सिण्डिकेट प्रणालीलाई अबका पर्यटन व्यवसायीहरु स्वीकार्न तयार छैनन् । त्यसैले अब सिण्डिकेट तोड्न पर्छ भन्दै चोकचोकमा उभिएर उनका आफ्नै कार्यकर्ताहरु र पर्यटन व्यवसायीहरु भरपुर लागि परेको देखिन्छ । सायद अब यो बर्षबाट पार्टीमा टिका लगाउने प्रचलन हट्नेमा सम्पूर्ण आम पर्यटन व्यवसायीहरु निर्धक्क एक ठाँउमा उभिएको देखिन्छ ।

    गठबन्धन हुँदैमा चुनाव जित्न नसकिने तर्क उनीहरुको रहेको छ । त्यसमाथि पनि एमाले - कांग्रेस गठबन्धन भित्रको ब्यापक असन्तुष्टिले पनि पाण्डे समुह बिजयको बलियो दाबेदार रहेको प्रष्ट बुझ्न सकिन्छ । सागर पाण्डे नेतृत्वको व्यावसायिक एवं साझा प्यानलले आफ्ना २२ बुँदे एजेण्डाहरू सार्वजनिक गर्दै संस्थाको अग्रमनका लागि सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    दान अक्षयकोषको स्थापना देखि पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहलकदमी गरिने उनीहरुको एजेण्डा रहेको छ । ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाइने, टिमको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिने एजेण्डामा उल्लेख छ । नियन्त्रित पदमार्गको अनुमति सहजीकरण गरिने, कर सम्बन्धी समस्या समाधान गरिनुका साथै पर्यटक सवारी साधन खरिदमा भन्सार छुटको व्यवस्थालाई पहल गरि कार्यान्वयन गराइने, वैकल्पिक पदयात्रा मार्गको डीपीआर तयार गरिने, पदमार्गको प्रचार प्रसारलाई प्राथमिकता दिइने एजेण्डामा उल्लेख छ ।

    यस समुहले जलवायु परिवर्तनको एजेण्डालाई प्राथमिकतामा राख्दै  पर्यटन ऐनलाई समय सापेक्ष बनाउन एक्सपेरियन्सल दुरिजमको विकास गरिने जनाएको छ । अन्तर्राष्ट्रिय स्तरका विभिन्न ट्रेनिङ कोर्सहरू सञ्चालन गरिने,नेपाल एयरलाइन्सको व्यवस्थापनलाई पुनर्संरचना गर्न पहल गरिने, एडभेन्चर ट्राभल ट्रेड एशोसिएसन (एटीटीए) जस्ता संस्थाहरुसँग सहकार्य गर्ने एजेण्डा उनीहरुको रहेको छ ।

    यस्तै पर्वतीय पर्यटनको विकासमा दातृ निकायसँग सहकार्य गर्ने, पर्यटन सम्बद्धमा अन्य संघ संस्थासँग सहकार्य गर्ने,पर्यटन विकासका लागि नेपाल सरकारका निकायहरूसँग सहकार्य गरिने एजेण्डामा उल्लेख छ । कानूनी र फाइनान्सियल परामर्श केन्द्र स्थापना गरिने, पर्यटन बोर्डमा पर्यटन संघ संस्थाबाट प्रतिनिधित्व हुने व्यवस्था गरिने, टानको विधान संसोधन गरिने उल्लेख छ भने हाल टान नेतृत्वले  सञ्चालनमा ल्याएका  प्रभावकारी कार्यक्रमहरूलाई निरन्तरता दिइने एजेण्डामा उल्लेख  छ । टानमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनित गरिने व्यवस्था छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend