२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) निर्वाचन २०२४ : सागर पाण्डे समुहद्वारा उम्मेदवार दर्ता


  • बिहीबार , भदौ १३ २०८१
  • 21.2K
    SHARES

  • images
    ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) निर्वाचन २०२४ : सागर पाण्डे समुहद्वारा उम्मेदवार दर्ता

    काठमाडौं, १३ भदौं । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) को आसन्न निर्वाचन २०२४ का लागि सागर पाण्डे समुहले मनोनयन दर्ता गरेको छ । २ सेप्टेम्बरमा हुन लागेको टानको निर्वाचन कार्यतालिकाअनुसार विहिवार मालीगाउँस्थित कार्यालय पुगेर पाण्डे समुहले मनोनयन दर्ता गरेको हो ।

    अध्यक्षका प्रत्यासी पाण्डेसँगै वरिष्ठ उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्कीको उम्मेदवारी परेको छ । कार्की टानको पूर्व प्रथम उपाध्यक्ष्य हुनुहुन्छ । त्यस्तै पाण्डे समुहबाट प्रथम उपाध्यक्ष्यमा दावा लामा, द्वितीय उपाध्यक्षमा निशेष थापा, महासचिवमा सोनाम ग्याल्जेन शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेश न्यौपाने र सह(कोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

    त्यस्तै कार्यसमिति शृष्टी भण्डारी, अम्बिर बहादुर गुरुङ, माधवकुमार धमला, बिनोद कुमार तामाङ, मेरे कार्की, होमबहादुर विश्वकर्मा, उत्सव ढकाल र फुर्पु छिरिङ ल्होमी (भोटे)को उम्मेदवारी परेको टान निर्वाचन समितिले जनाएको छ । ”सक्षम टान, सवल पर्यटन, हाम्रो साझा अभियान” भन्ने नारासहित चुनावी मैदानमा उत्रिएको पाण्डे समुहले आनो एजेण्डासँगै समावेशी, अनुभवी र सक्षम व्यावसायिक टिम भएका कारण जीत सुनिश्चित रहेको दाबी गरेको छ ।

    उम्मेदवारी दर्ता गरेपछि छोटो प्रतिक्रिया दिदै अध्यक्षका प्रत्यासी सागर पाण्डेले समयसापेक्ष नीति र नेतृत्वमार्फत पदयात्रा तथा सिंगो पर्यटन क्षेत्रमा देखिएका समस्याको दीर्घकालिन समाधान गरेर टानमा नयाँ थिति बसाल्न आफू उभिएको बताउनुभयो । टान जस्तो विसुद्ध व्यावसायिक संस्थामाथि हुने केही व्यक्तिहरुको भागबण्डा गरिखाने सिन्डिकेट तोड्ने सुनौलो अवसर आएको बताउँदै प्रत्यासी पाण्डेले आफ्नो टिमलाई मतदान गर्नको लागि आग्रह गर्नुभयो ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend