२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नाडा अटो शोमा केइ को ३ ओटा मोडल सार्वजनिक, यस्ता छन् फिचरहरु


सञ्चार डबली
  • मंगलबार, भदौ ११ २०८१
  • 7.1K
    SHARES

  • images
    नाडा अटो शोमा केइ को ३ ओटा मोडल सार्वजनिक, यस्ता छन् फिचरहरु

    मंगलवार, भदौ ११ २०८१
    नेपालको लागि केइ अटोमोबाइल्स को आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटी ले आज NADA Auto Show 2024 को पहिलो दिन आफ्नो स्टल नं H-16 बाट माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल बाट आफ्नो ३ ओटा मोडल सार्वजनिक गर्दै बूकिङ्ग खुल्लाएको छ । यी तीन मोडल e-Qute 02, e-Qute 04  र इलेक्ट्रीक X3 Pro EV रहेका छन् ।

    e-Qute 02 मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ,जस्मा २०० कि.मी रेन्ज दिने भेरिएन्टलाई १९ लाख ९६ हजार मुल्य कायम गरिएको छ भने ३०० कि.मी भेरिएन्टको मूल्य  २२ लाख ९६ हजार रहेको छ ।

    E-Qute 02 मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

    त्यसै गरी e-Qute 04, ३०० कि.मी  रेन्ज को मूल्य २४ लाख ९६ हजार छ । E-Qute 04 मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ । 

    त्यसै गरी तेस्रो मोडल X3 Pro EV इलेक्ट्रीक एसयूभी, डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध छ । डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ । 

    यस NADA स्पेसल अफर अन्तर्गत केइ गाडी को खरिद मा ग्राहक ले ७.३ किलोवाट को वाल माउन्टेड चारजर, साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

     नाडा अटो शोमा केइ अटोमोबाइल्सको स्टलमा भाद्र ११ देखी भाद्र १६ गते सम्म हुने NADA Auto show मा आएर केई ब्रान्ड र नाडामा लन्च गरिएको केइका गाडीहरुको बारे जानकारी लिन लक्ष्मी ई मोबिलिटी सबैलाई गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend