२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

वैदेशिक वस्तु तथा सेवा व्यापार घाटाको वृद्धिदर ऋणात्मक–नेपाल राष्ट्र बैंक


सञ्चार डबली
  • बिहीबार , चैत ३० २०७९
  • 9.8K
    SHARES

  • images
    वैदेशिक वस्तु तथा सेवा व्यापार घाटाको वृद्धिदर ऋणात्मक–नेपाल राष्ट्र बैंक

     नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८०को फागुन सम्ममा वैदेशिक वस्तु तथा सेवा व्यापार घाटाको वृद्धिदर ऋणात्मक रहेको जानाएको छ । केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारी गर्दै वैदेशिक व्यापारमा आयात, निर्यात र व्यापार घाटाको वृद्धिदर ऋणात्मक रहेको जनाएको हो ।

    आव २०७९–८० को ८ महिनामा कुल निर्यात वस्तु २९.१० प्रतिशतले कमी भएर १०४ अर्ब ८० करोड कायम भएको बैंकले जनाएको छ । अघिल्लो वर्षको भने सोही अवधिमा ८२.९० प्रतिशतले निर्यात वृद्धि भएको थियो ।

    त्यस्तै, कुल वस्तु आयातमा १९.१० प्रतिशतले कमी आएर १०५८ अर्ब ३९ करोड कायम भएको छ । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा ३८.६० प्रतिशतले आयात बढेको थियो । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १७.९० प्रतिशतले घटेर ९५३ अर्ब ५९ करोड कायम भएको हो । साथै अघिल्लो वर्षको सोही अवधिमा ३४.५० प्रतिशतले बढेको थियो ।

    यसैगरी वैदेशिक सेवा व्यापारको घाटामा पनि सुधार भएको राष्ट्र बैंकले जानाएको छ । समीक्षा अवधिमा खुद सेवा आय ४९ अर्ब ८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६६ अर्ब २५ करोडले घाटामा रहेको थियो ।

    बैंकले सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९८.६० प्रतिशतले वृद्धि भई ३७ अर्ब १२ करोड पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा आय १८ अर्ब ७० करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ५०.७०प्रतिशतले वृद्धि भई ७६ अर्ब १२ करोड पुगेको हो ।

  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंक
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend