२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भाउले फेरि कायम गर्यो नयाँ कीर्तिमान


सञ्चार डबली
  • बुधबार, जेठ १७ २०८०
  • 12.6K
    SHARES

  • images
    भाउले फेरि कायम गर्यो नयाँ कीर्तिमान

     

    काठमाडौ, १७ जेठ । नेपाली बजारमा आज सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। आज सुनको भाउ तोलमै १ हजार ५०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलवार पनि सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले बढेको थियो। मंगलवार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको थियो।

    आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। मंगलबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend