२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रतिनिधि सभाको बैठक बस्दै (सम्भावित २ कार्यसूची)


सञ्चार डबली
  • सोमबार, चैत २० २०७९
  • 9.5K
    SHARES

  • images
    प्रतिनिधि सभाको बैठक बस्दै (सम्भावित २ कार्यसूची)

    १५ चैत, काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९) पेस गर्ने पहिलो कार्यसूची छ ।

    दोस्रो कार्यसूचीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसदमा प्रस्तुत गर्ने कार्यसूची छ । । यो विधेयकमाथि विचार गरियोस् भनी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रस्ताव पेस गर्ने छन् । गत पुस २५ गतेदेखि प्रतिनिधि सभाको पहिलो अधिवेशन सुरु भए पनि सरकारले विजनेस दिन सकेको छैन । यो अवधिमा जम्मा तीनवटा विधेयक दर्ता भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend