२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

 प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न अल्टिमेटम बारको अल्टिमेटम


सञ्चार डबली
  • बुधबार, चैत २९ २०७९
  • 8.4K
    SHARES

  •  प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न अल्टिमेटम बारको अल्टिमेटम

     

    काठमाडौं, चैत २९ गते । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न अल्टिमेटम दिएको छ । लामो समयदेखि कामु प्रधानन्यायाधीशबाट न्यायालय चलिरहेको भन्दै बारले अबको १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया नथाले आन्दोलन गर्ने चेतावनी दिएको हो । 

    बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया नथाले आन्दोलन गर्ने चेतावनी दिएका हुन् । यसका लागि बिहीबार प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने पनि उनले जानकारी दिए । 

    एक वर्षदेखि न्यायपालिका नेतृत्वबिहीन भएकाले अब बार चुप लागेर नबस्ने भन्दै अध्यक्ष घिमिरेले १० दिनभित्र पनि प्रधानन्यायाधीश प्रक्रिया अघि नबढाइए आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर संघर्षमा उत्रिने चेतावनी दिए । प्रधानन्यायाधीश नहुँदा कार्यपालिका र व्यवस्थापिकाले न्यायपालिकालाई हेपेको उनको भनाइ छ । 
     

  • सम्बन्धित विषय:

  • # बारको अल्टिमेटम
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend