२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

प्रतिनिधिसभा बैठकः पदम गिरी र राजेन्द्र पाण्डेको सवाल जवाफ


सञ्चार डबली
  • बुधबार, चैत २९ २०७९
  • 13.5K
    SHARES

  • प्रतिनिधिसभा बैठकः पदम गिरी र राजेन्द्र पाण्डेको सवाल जवाफ


    काठमाडौं, चैत २९ गते ।  संसदमा एकीकृत समाजवादी सांसद राजेन्द्र पाण्डे र एमालेका प्रमुख सचेतक पदम गिरीबीच सवाल जवाफ भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद पाण्डेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने अपराधीलाई कारबाही गर्नुपर्ने बताएपछि एमाले प्रमुख सचेतक गिरीले आपत्ति जनाएका हुन् । 

    ठगी घटनामा पूर्व गृहमन्त्री (एमाले नेता रामबहादुर थापा बादल) र उनका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, एमाले नेता टोपबहादुर रायमाझी र उनको छोरा सन्दीप रायमाझीको समेत नाम  आएको भन्दै पाण्डेले अपराधीलाई कारबाही गर्नुपर्ने बताए । 


    ‘८७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै  १० लाखदेखि ५० लाखसम्म पैसा उठाएको कुरा बाहिर आएको छ। त्यसमा कसले उठायो भन्दा पूर्वगृहमन्त्री, उहाँको सुरक्षा सल्लाहकार ईन्द्रजित राई, एमाले नेता टोपबहादुर रायमाझी, उहाँका छोरा सन्दीप रायमाझीसमेतको नाम आएको छ,’ बैठकमा उनले भने, ‘पत्रपत्रिकाले डेढ डेढ करोडको चेक काटेको प्रष्टै छापिदिएका छन् । यस्तो खालको जघन्य अपराधपूर्ण काम भएका छन् । यी सबै अपराधीलाई कडाइका साथ कारबाही गर्ने सरकारले तत्काल छानबिन गरोस् ।’ 

    पाण्डेको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले प्रमुख सचेतक पदम गिरीले सांसदलाई अपराधी भनेकाले रेकर्डबाट हटाउन माग गरे । 
    ‘माननीयज्यूले सदनमा आफ्नो विचार राख्ने क्रममा यही सदनको अर्को प्रतिनिधिसभा सदस्य माननीयलाई अपराधी भनेर बोल्ने काम गर्नुभएको छ । यो संसदको विद्यमान नियमावलीको मर्मविरीत छ । 

    बोल्न नपाइने अभिव्यक्ति दिनु भएको छ । यसले संसदीय मर्यादा कायम हुन सक्दैन । पत्रपत्रिकामा के कुरा आयो, त्यो एउटा विषय हो । त्यो छानबिन गर्ने आफ्नो प्रक्रिया छ, छानबिन गर्नुपर्छ । जो कसैलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ, त्यो राज्यको दायित्व हो, त्यो काम गरोस्,’ प्रमुख सचेतक गिरीले भने, ‘पत्रपत्रिकामा कसैको नाम आएको भरमा कुनै पार्टीका नेता, माननीय सांसद वा व्यक्तिलाई अपराधी करार गर्न पाइँदैन । यसमा हाम्रो गम्भीर आपत्ति छ । यो रेकर्डबाट हटाइयोस् ।’ 

    यसपछि फेरि एकीकृत समाजवादीका सांसद पाण्डेले आफूले कुनै सांसद वा अरु कसैलाई नभएर अपराधीलाई कारबाही गर्नुपर्ने भनेको जवाफ दिए ।  ‘पत्रपत्रिकामा नाम आएको छ । यही संसदको सदस्यको नाम जोडेर, उहाँको छोराको नाममा चेक काटेको भनेर कुरा आएको छ । र मैले अपराधीहरुलाई कारबाही गरियोस् भनेको छु । सांसद फलानोलाई कारबाही गरियोस् भन्या छैन । अपराधी छन् भने सांसदलाई पनि कारबाही गर्नुपर्छ, मेरो भनाइ यति नै हो । 
     

  • सम्बन्धित विषय:

  • # पदम गिरी र राजेन्द्र पाण्डे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend